संसदीय दलको नेता परिवर्तन हुन सक्ने: कांग्रेस महामन्त्री सिह


YYY
 असार २८ काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेता परिवर्तन हुन सक्ने बताउनुभएको छ ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ८८ औ जन्मजयन्तीको अवसरमा नेपाल ठाकुर समाजले मंगलबार  काठमाडौंमा गरेको विचार गोष्ठिमा महामन्त्री सिंहले कांग्रेस विधान अनुसार चल्ने पार्टी भएकोले संसदीय दलको नेता परिवर्तन पनि विधान अनुसार हुन सक्ने बताउनुभयो । उहांले कांग्रेस प्रजातान्त्रिक पार्टी भएको भन्दै विधि र विधान अनुसार जे पनि हुनसक्ने बताउनुभएको छ ।

सरकारको नेतृत्व अवसर आए कांग्रेसबाट संसदीय दलको नेताले नै नेतृत्व गर्ने स्पष्ट पार्दै महामन्त्री सिंहले संसदीय दलको नेताले नेतृत्व गर्न नचाहे अर्को ब्यक्तिले स्वतह गर्ने बताउनुभएको छ ।

असफल प्रमाणित भईसकेका प्रधानमन्त्री झलनाथ खनालले ५ बुंदे सहमति अनुसार राजीनामा दिनुपर्ने बताउनुभएका महामन्त्री सिंहले कुर्सिमा टांसिएर बस्दा नसुहाएको उल्लेख गर्नुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]