अर्थमन्त्री र मधेशी मोर्चावीच भएको बार्ता निश्कर्ष विहिन भए पछी वजेट आउने सम्भावना न्युन


YYY

 असार ३० काठमाडौं । अर्थमन्त्री र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको वार्ता असफल भएको छ । मोर्चाले आश्वानले नमान्ने जनाउदै बार्ताबाट बाहिरिएपछि सहमति हुन नसकेको हो ।नयां बानेश्वरस्थित संविधानसभा भवनमा भएको अर्थमन्त्री भरतमोहन अधिकारी र मोर्चाका शीर्ष नेताहरुबीचको बार्तामा मोर्चाले माग पुरा नहुंदा सम्म वजेट आउन नदिने जनाएका थिए । मोर्चाका नेताहरुले आफुहरुले अघि सार्दै आएका मागहरु सम्वोधन हुने ठोस प्रतिवद्धता नजनाएसम्म बजेट प्रस्तुत हुन नदिने अडान लिएका छन् ।

मोर्चाले पछिल्लो समयमा कृषकले वित्तीय संस्थाबाट लिएको एक लाख रुपैयां सम्मको ऋण तथा ब्याज मिनाहा गर्नु पर्ने र त्यसमाथिको ऋण तथा ब्याजमा सहुलियतपूर्ण व्यवस्था अपनाइनुपर्ने, सीमा क्षेत्रमा सय रुपैयां सम्मका सामान ल्याउंदा कर तिर्नु पर्ने व्यवस्था खारेज गर्नु पर्ने लगायतका माग थपेका छन् ।

यस अघि बसेको मोर्चाको बैठकले माग सम्बोधन नभएसम्म अर्थमन्त्रीलाई संसदमा वजेट पेश गर्न नदिने निर्णय गरेका थिए । मोर्चाले संसदीय परम्परा अनुसार अर्थमन्त्रीलाई वजेट पेश गर्न रोष्टम सम्म पुग्न नदिने जनाएका छन् । निर्धारित कार्यक्रम अनुसार चार वजेटदेखि आर्थिक बर्ष २०६८÷६९ को वजेट सदनमा पेश गर्नुपर्ने थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]