नेकपा एमाले महोत्तरीको पाँचौँ जिल्ला अधिबेशनको बन्दसत्र जारी


YYY


अनु खनाल 
 असार २७ महोत्तरी। नेकपा एमालेका महासचिव ईश्वर पोख्रलले तिन दलबिच भएको सहमतिप्रति माओवादी लचकदार र इमान्दार नभएको आरोप लगाउनु भएको छ । मुलुकमा दुईओटा सैन्य संरचना रहेसम्म बन्दुकको छायाँमा संविधान जारी नहुने समेत उहाँले बताउनु भयो ।

नेकपा एमाले महोत्तरीको पाँचौँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै सचिव पोख्रेलले शान्ति प्रकृया र सेना समायोजनका विषयमा अझै सिन्को नभाचिएकोले अब बाँकि रहेको समयमा संविधानको खाका समेत नबन्ने ठोकुवा गर्नुभयो ।सोहि जिल्ला अधिवेशनलाई संबोधनगर्दै एमाले सचिव प्रदिप ज्ञवालीले नेकपा एमालेभित्रको अन्तरविरोध हटाउन एकताको अधिवेशन हुनुपर्ने बताउनु भयो । ज्ञवालीले पार्टिको निर्णय स्थानिय स्तरदेखि केन्द्र स्तरका सबै कार्यकर्ताले मान्नुपर्नेमा जोड दिनुभयो ।

अधिवेशनलाई पार्टिका पोलिट व्युरो सदस्य एवम सिंचाई मन्त्री रघुवीर महासेठ लगाएतका नेताहरुले संबोधन गर्नु भएको थियो । हिजो दिउँसोदेखि सुरु जिल्ला अधिवेशनमा अहिले बन्द सत्र चलिरहको छ ।अहिले चलिरहेको बन्द सत्रले ५१ सदस्य महोत्तरी जिल्ला कमिटी चयन गर्नेछ । निर्वाचन विहान १० बजेदेखि सुरु भएको हो । 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]