धादिङबेसी प्रवेश गर्न मुख्य द्वारमा सहिद गेट बन्ने, सहिद गेटको एक कार्यक्रमका बीच शिलन्यास


YYY



गजुरी गाउँ विकास समिति वडा नं।२ फुर्के खोला स्थित त्रिशुली नदीमा रहेको पुलबाट धादिङबेसी तर्फ प्रवेश गर्ने मुख्यद्वारमा शहिद गेट निर्माण गरिने भएको छ । जिल्ला विकास समिति धादिङको आर्थिक सहयोगमा निर्माण हुन लागेको पुलको आज धादिङ क्षेत्र नं। १ का सभासद फष्प विक्रम मल्ल र धादिङ क्षेत्र नं। ३ का सभासद शालिकराम जमकट्टेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । दश वर्षे जनयुद्धका क्रममा धादिङबाट ज्यान गुमाएका १ सय १२ जना सहिदको सम्झनामा सहिद गेट निर्माण गरिन लागेको हो । सहिद गेट निर्माणको लागि जिल्ला विकास समिति धादिङले ४ लाख नगद सहयोग गरेको छ ।

पुल शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभासद पुष्प विक्रम मल्लले मुलुक अहिले गम्भिर मोडमा फगेको बताउनु भएको छ । देशी-विदेशी प्रतिकि्रयावादीहरु माओवादी फुटको संगारमा फगेको हल्ला चलाईरहेको भन्दै उहाँले माओवादी अहिलेपनि एकताबद्ध रहेको दावी गर्नुभयो ।

संविधान सभाबाट जनताको संविधान बन्न नदिन भइरहेको षड्यन्त्र तर्फ इङ्गित गर्दै उहाँले अबको आन्दोलन संविधान बन्न नदिने षडयन्त्रका विरुद्धहुने बताउनु भयो । पार्टी हजारांै सहिद तथा वेपत्ताहरुको सपना साकार पार्न प्रतिबद्ध रहेको उहाँको भनाई थियो । धादिङ क्षेत्र नं। ३ का सभासद शालिकराम जमकट्टेल र माओवादी धादिङका सह-इन्चार्ज राम बहादुर भण्डारीको विशेष आतिथ्य रहेको कार्यक्रममा माओवादी धादिङका सहइाचार्ज उत्तम कडेल सचिव राजुनेपाल सह-सचिव विजय बुर्लाकोटी वाइसिएल केन्द्रिय सदस्य मनराज भण्डारी वेपत्ता परिवार समाज धादिङका अध्यक्ष टिका कंडेल स्थानिय विकास अधिकारी दिपेन्द्रराज पौडेल सहिद परिवार सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम धादिङका प्रथम सहिद नारायण उपाध्ययका बुबा सुबर्ण उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो ।


- रेडियो बिहानी, धादिङ 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]