सिन्धुलीमा रक्तदान कार्यक्रम सम्पन्न, ९२ जनावाट रक्तदान


YYY

एसवी गौतम,१५ साउन,सिन्धुली

नेपाल निजामति कर्मचारी संगठनले मनोज झपेन्द्रको २१ औं स्मृति दिवशको  अवसरमा आज एक खुल्ला रक्तपदान कार्यक्रमको आयोजना गरेको छ । प्राथमिक आँखा उपचार केन्द्र सिन्धुलीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ९२ जनाले रक्तदान गरेका छन् । स्थानीय विकास अधिकारी धु्रव बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा बाल्दै खड्काले निजामति सेवा अझ पिन विकृतिबाट मुक्त हुन नसकेको बताउँदै जव निजामति र राष्ट्रसेवकहरु विकृतिबाट मुक्त हुन्छन् त्यसबाट पछि मात्र पेशा सम्मानित हुने बताउँनु भयो ।

 उहाँले पन्चायती व्यवस्थामा भन्दा लोकतान्त्रीक व्यवस्थामा निजापति सेवा केही सम्मानित भएको बताउनु भयो । निजामति र राष्ट्र सेवक कर्मचारीले नै लोकन्तान्त्रको समेत साख बचाउँनु पर्ने बताउनु भयो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी विमलकुमार पोख्रेलले सेवालाई जनताको पक्षमा काम गरेर मर्यादित बनाउँनु पर्ने बताउनु भयो ।

 कार्यक्रममा पेशागत महासंघका अध्यक्ष फाल्गुणी प्रसाद शर्माले शहिदले देखाएको बाटोलाई अनुशरण गर्न काम गरेर देखाउनु पर्ने बताउँदै पेशागत महासंघ र यसको भूमीकाको विषयमा चर्चा गर्नुभयो । स्मृति समारोहमा भपुराष्ट्रसेवकका संगठनका अध्यक्ष गोकर्ण सुवेदी नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष  विनोद प्रसाद अधिकारी रेडियो सिन्धुलीगढीका स्टेशन म्यानेजर द्धारिका काफलेमनोज झपेन्द्र प्रति श्रद्धा सुमन अर्पण गर्नु भएको थियो ।

नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष फणीन्द्र ढुंगेलको अध्यक्षतामा भएको कार्याक्रममा बोलदै ढुंगेलले सरकारले शहिद मनोज झपेन्द्र लाई हाल सम्म पनि राष्ट्का तर्फबाट सहिद घोषणा नगरेको मा आक्रोस व्यक्त गर्नुभयो । 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]