वीपीको मेलमिलापको नीति अझै महत्वपूर्ण रहेको नेतृ सुजाताको काइरालाको भनाइ


YYY
 साउन ६ रामेछाप । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेतृ सुजाता कोइरालाले बीपी कोइरालाले आरम्भ गर्नुभएको मेलमिलापको नीति अहिलेको सन्दर्भमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभएको छ । २९ औँ बीपी स्मृति दिवसको अवसरमा शुक्रबार  नेपाली काङ्ग्रेस रामेछापले गरेको वृक्षरोपण कार्यक्रममा कोइरालाले सहमति, सहकार्य र मेलमिलापको चाहना नेपाली जनताले राखेको भन्दै सोही कुरा आत्मसात् गर्न काङग्रेस पनि लागिरहेको बताउनुभयो । 

वृक्षरोपण कार्यक्रममा रामेछाप काङग्रेस सभापति रामचन्द्र खड्का, सभासद् रमा गुरागाईलगायत् काङ्ग्रेस कार्यकर्ताको सहभागिता रहेको थियो । अवसरमा मन्थलीको भैसेश्वर महादेव परिसरमा विभिन्न प्रजातिका २ सय बिरुवाहरू रोपिएको छ । वृक्षरोपण कार्यक्रमपछि मन्त्री कोइरालाले मन्थली बजारस्थित रहेको बीपी कोइरालाको सालिकमा माल्यार्पण गर्दै बीपीले राष्ट्रिय राजनीतिमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो । 

कार्यक्रमपछि कोइरालाले मन्थली क्याम्पस र तामाकोशी सेवा समिति भवनको अवलोकनसमेत गर्नुभएको छ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]