किराञ्चोकमा मोटरबाटो निर्माण


YYY
किराञ्चोक गाउँ विकास समितिको मजुवा हुँदै थुम्कि डाँडा जोड्ने ५ किलो मिटर ग्रामिण मोटर बाटो निमार्ण कार्य हिजो सम्पन्न भएको छ । आदमघाट हुँदै थुम्कि डाँडासम्म पुग्ने २५ किलोमिटर मोटरबाटोलाई तीनभागमा विभाजन गरेर निर्माण कार्य भइरहेकोमा तेस्रो खण्डको नीर्माण कार्य हिजो सम्पन्न भएको हो । आदमघाट थुम्किडाँडा २५ किलोमिटर मोटरबाटो निर्माणको लागि जिल्ला विकास समिति धादिङले १५ लाख नगद उपलब्ध गराएको थियो ।
सोहि सडकमा पर्ने आदमघाट लामाचिरा सडक खण्डको नीर्माण कार्य भइरहेको छ भने पर्खाले मजुवा सडक खण्डको नीर्माण कार्य यसअघिनै सम्पन्न भइसकेको छ । जिविस धादिङले उपलब्ध गराएको १५ लाख मध्ये १० लाख रुपयाँ बराबरको काम सम्पन्न भएको र बाँकि ५ लाख रुपयाँको लागतमा आदमघाट÷लामचिरा सडक खण्डमा ग्राबेल बिछ्याउने काम भईरहेको सडक नीर्माण समितिलाई उदृत गर्दै सहकर्मी किशोर अधिकारीले जानकारी दिनु भएको छ ।

रेडियो बिहानी

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]