सरकार पुनर्गनगठन गर्ने माओवादी प्रस्ताव एमालेद्वारा अस्वीकार


YYY
 साउन १० काठमाडौँ।   नेकपा एमालेले सरकार पुनर्गठन गर्ने एकीकृत नेकपा माओवादीको प्रस्ताव अस्वीकार गरेको छ । सरकार पुनर्गठनबारे धारणा तय गर्न मंगलबार बसेको एमाले स्थायी समितिको बैठक सरकार पुनर्गठनको प्रस्ताव स्वीकार गर्न नसकिने निर्णय गरेको हो । 

माओवादीको प्रस्तावले गएको जेठ १४ गते भएको पाँच बुँदे सहमति कार्यान्वयनमा बाधक देखिको स्वीकार गर्न नसकिने एमालेले जनाएको छ । बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले अहिले सरकार पुनर्गठन गर्दा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र लोकतान्त्रिक संविधान बनाउन माओवादी प्रस्ताव प्र्रतिकूल देखिएको भन्दै पार्टीले अस्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

यसैबीच एमालेले शान्ति स्रंविधान र राष्ट्«िय सरकार गठनका विषयमा मुख्य दलहरुसँग वार्ता गर्ने भएको छ । वरिष्ठ नेता तथा वार्ता टोलीका संयोजक माधवकुमार नेपालले सहमतिका पार्टीले छिट्टै पहल गर्ने जानकारी दिनुभयो । सरकार पुनर्गठनका लागि माओवादीले राखेको प्रस्तावलाई प्रधानमन्त्री झलनाथ खनालले पनि अहिलेको सन्दर्भ असहज हुने प्रतिक्रिया दिइसक्नुभएको छ । 

माओवादीले वर्तमान सरकारमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ टोली पठाउने निर्णय गरिसकेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]