दुई महिनॆ इलेक्ट्रिसियन तालिम सम्पन्न


YYY

सल्यानटार गाउँ विकास समिति वडा नं। ८ माझगाउँमा साचालन भएको दुइ महिने इलेक्ट्रिसियन तालिम आज सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकस समिति शाखा कार्यालय धादिङको आयोजना र जिविस धादिङको आर्थिक सहयोगमा साचालन भएको तालिममा सल्यानटार सल्यानकोट त्रिपुरेश्वर आगिाचोक लगायतका ८ वटा गाविसका २४ जनाको सहभागिता रहको थियो ।

तालिममा घरेलु तथा साना उद्योग विकस समितिका केन्द्रीय प्राविधिक महाविर लामाले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक महाविर लामाको अध्यक्षतामा आज भएको तालिम समापन कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय धादिङका सहायक कर्मचारी चामबहादुर थापाको प्रमुख आतिथ्य र सामाजिक परिचालिका सुनिता बसौलाको विशेष आतिथ्य रहेको थियो । सो अवसरमा तालिममा सहभागि सम्पूर्णलाई प्रमाण पत्र प्रदान गरिएको सहकर्मी सीताराम सापकोटाले जानकारी दिनुभएको छ ।


- रेडियो बिहानी, धादिङ 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]