भद्रता र उदारतालाई कांग्रेसको कमजोरी न ठान्न कांग्रेस नेता डा. महतको चेतावनी


YYY
 साउन ८ नवलपरासी  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर प्रकाश सरण महतले शान्ति र सविधान निर्माणका लागि कांग्रेसले देखाएको भद्रता र उदारतालाई कमजोरी नठान्न चेतावनी दिनुभएको छ ।

नेपाल प्रेस युनियन चितवन शाखाले आइतबार  नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा डाक्टर महतले पाँच बुँदे सहमतिलाई उलंघन गरेर प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधानको कार्यमा अवरोध श्रृजना गरेको आरोप लगाउनुभयो । उहाँले विगतमा भएको पाँच बुँदे सहमतिको पूर्ण रुपमा पालना नभएको भन्दै नेताहरुको मनोमानीका कारण मुलुकले समस्य बेहोर्नुपरेको बताउनुभयो ।

सार्वजनिक रुपमा अभिव्यक्ति दिए अनुसार प्रधानमन्त्री खनालले शान्ति प्रक्रिया टुङग्याउने विषयमा भूमिका खेल्न नसकेको भन्दै डाक्टर महतले योग्यताको आधरमा मात्रै लडाकुको समायोजन हुने अन्यथा त्यसको बिरोध गर्ने बताउनुभयो ।

ठूलो दलको घमण्डले एकीकृत माओवादीले शान्ति प्रक्रियालाई निर्णायक मोडमा पुर्याउन असहयोग गरेको भन्दै कांग्रेस केन्द्रीय सदस्य डाक्टर महतले शान्ति प्रक्रिया नटुङिगएसम्म संविधानको मस्र्यादा निर्माण हुन नसक्ने उल्लेख गर्नुभयो ।

जातिय र साम्प्रदायिकताको आधारमा संघीयताको स्वरुप बनाउन नहुने बताउनुभएका डाक्टर महतले शासकीय स्वरुप र संघीयताको निर्णय गर्दा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]