प्रचण्ड एक्लै ! केन्द्रीय समितिमा एक भएर जाने माओवादीका तीन उपाध्यक्षको सहमति


YYY

 साउन ४ काठमाडौं । प्रमुख सत्तासाझेदार एकीकृत नेकपा माओवादीका तीन उपाध्यक्षले पार्टी जिम्मेवारी बाँडफाड, समावेसी र समानुपातिक सहभागीता लगायतका बिषयमा एकभएर जाने सहमति भएको छ ।

ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेज रेष्टुरेण्टमा बुधबार भएको तीन उपाध्यक्ष मोहन बैद्य, डाक्टर बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा महासचिव रामबहादुर थापा एक भएर केन्द्रीय समिति बैठकमा जाने सहमति भएको हो । गोप्य बैठक पछि सञ्चारकर्मीसंग संक्षिप्त कुरागर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकमा एक भएर जाने सहमति भएको जानकारी दिनुभयो । यद्यपी उहाँले बैठकमा भएका थप विबरणका बारेमा केही बताउनुभएन ।

बुधबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरेर नेताहरु बहुगुटगत भेलामा व्यस्त भएका हुन् । शीर्ष नेताहरुबीच आन्तरिक विवाद र कार्यविभाजन लगायतका विषयमा सहमति कायम हुन नसकेपछि केन्द्रीय समितिको बैठक भने लगातार स्थगित हुंदै आएको छ ।

गत आइतबार १५ मिनेट बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन कार्ययोजना शीर्षकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तावको अध्ययनपछि सोमबारबाट सदस्यहरुले आङ्खनो धारण्ँ राख्ने बताइएपनि अहिलेसम्म बैठक बस्न सकेको छैन ।
अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका नेताहरुको कार्यविभाजन सम्बन्धी उल्लेख नगरिएको भन्दै वैद्य–भट्टराई पक्षले विरोध गर्दै आएका छन् । पार्टीका तर्फबाट सरकारमा सामेल मन्त्रीहरुको फेरबदललाई लिएर पनि माओवादी भित्र विवाद उत्पन्न भएको छ ।
मन्त्री फेरबदल गर्ने तयारी गरेपछि पार्टी भित्रका तीन समूहले गृहमन्त्रालयमा आफ्नो पक्षको दावी गर्दै आएका छन् । शीर्ष नेताहरुबीच सहमति नभएसम्म केन्द्रीय समितिको बैठक नबस्ने माओवादी नेताहरुले बताएका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]