कालिगण्डकी नदिमा ट्याक्सी खस्दा चालक सहित सबै यात्रु वेपत्ता


YYY
चन्द्रश्वर बस्ताकोटी 
 साउन ६ मुस्तांग। म्याग्दीको गलेश्वरबाट बेनी आउँदै गरेको ट्याक्सी कालिगण्डकी नदिमा खस्दा चालक सहित सबै यात्रु वेपत्ता भएका छन् ।

ग १ ज १२३९ नम्बरको ट्याक्सी शुक्रबार बेनी–जोमसोम सडकखण्ड अन्तरगत जलेश्वरबाट कालिगण्डकी नदीमा खसेको हो । चालक गलेश्वरका बेदप्रसाद सुवेदी  र यात्रु ट्रयाक्सी सहित कालिगण्डकी नदीमा खसेका प्रहरी नायव उपरिक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । ट्याक्सी मालीक समेत रहेका सुवेदीको पहिचान भएपनि अन्य यात्रु को को हुन भन्ने जानकारी हुन नसकेको आचार्यले बताउनुभएको छ ।

ट्याक्सीमा रहेका व्यक्तीहरुको अवस्था जानकारी हुन सकेको छैन् । ट्याक्सीमा चालक सहित पाँच जना रहेको अनुमान गरिएपनि पुष्टि हुन नसकेको प्रहरी नायव उपरिक्षक आचार्यले बताउनुभएको छ ।

 उकालोमा टायर चिप्लीदाँ ट्रयाक्सी सडक देखि करिब २० मिटर तल खसेको थियो । नदी किनारमा खसेको ट्याक्सीलाई नदीले तीन सय मिटर बगाएको छ । नदीको बिच भागमा रहेको ढुङ्गामा अड्कीएको ट्रयाक्सी उद्धार गर्न प्रहरी, सेना, रेडक्रसकर्मी, यातायात व्यवसायीले प्रयास गरेपनि निकाल्न नसकिएको स्थानिय सचारकर्मी सन्तोष गौतमले जानकारी दिनुभयो  ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]