धनकुटामा ९९ वटा दुर्घटना


YYY
देव कला कार्की 
 साउन ७ धनकुटा ।यो वर्ष धनकुटा जिल्लामा ९९ वटा दुर्घटना भएका छन् । साउन महिनादेखि गएको असार महिनासम्ममा धनकुटा जिल्लाको विभिन्न ठाउँमा ९९ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । जसमा सवैभन्दा वढी २६ वटा मोटरसाइकल दुर्घटना भएको छ ।

 त्यस्तै वस १५ वटा, ट्रक १७ वटा, जीप २३ वटा र ट्याक्टर १८ वटा दुर्घटना भएको छ । दुर्घटनामा २० जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी सहायक निरीक्षक वसन्त अधिकारीले वताउँनु भयो । त्यस्तै दुर्घटनामा ९४ जना गम्भिर घाइते भएका छन् भने १ सय ५७ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको तथ्याङ्गक छ । 

दुर्घटनामा २ वटा चौपाया समेत मरेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]