रुकुममा मदिरा सेवन गर्ने दुई कर्मचारी पक्राउ


YYY
 साउन १३ रुकुम। रुकुम जिल्लास्थित मोलपोत कार्यालयमा सेवाग्राहीलाई मदिरा खरिद गर्न लगाई कार्यालय समयमा सेवन गर्ने निमित्त प्रमुख सहित दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख नविन खड्का र नायब सुब्बा गोरखबहादुर खड्कालाई प्रहरीले २ दिन यता पक्राउ गरेर हिरासतमा राखेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको आदेशमा कार्यालय भित्रै मदिरा सेवन गर्ने उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कार्यालय समयमा सेवाग्राहीको काम नगरि मदिरा सेवन गरेर बसेको फेलापरेपछि मालपोतका कर्मचारीहरु लाई पक्राउ गरेको रुकुमका प्रहरी निरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो ।कार्यालयका कर्मचारीहरुका अनुसार निमित्त प्रमुख खड्काले एक सेवाग्राहीलाई जग्गा पास गरेबापत भोज खुवाउन भनेपछि सेवाग्राहीले नै कार्यालयमा मदिरा ल्याएका थिए ।

उता, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मुकेश चौरसियालाई आफ्नै कर्मचारीहरुको कुटपिटबाट घाईते हुनुभको ।

चौरसियाको शरिरका विभिन्न भागमा चोट लागेको छ । रात्री ओपीडी सेवाको भत्ता माग गर्दै चौरसियाको कार्यकक्षमा पुगेका कर्मचारीले भत्ता सुचारु गर्न माग गरेर कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ ।
कुटपिटमा संलग्न कर्मचारी सन्तोष सिंह र रामेश्वर कुर्मीलाई नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न सिकन्दर साह र हेमचन्द्र यादव भने फरार रहेका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]