विकासका लागि सञ्चार अभियानको कार्यक्रम


YYY
सञ्चार माध्यमहरुले समाजमा देखिएका समस्याहरु पहिचान गर्दै ती समस्याहरुलाई प्रकासन तथा प्रशारण गरेर आम नागरिक माझ ल्याउनु पर्ने आज धादिङबेसीमा आयोजित एक कार्यक्रमका सहभागिले सुझव दिएका छन् । विकासका लागि साचार अभियान अन्तर्गत सामाजिक सवालमा मिडिया परिचालन अभिमुखिकरण गोष्ठीका सहभागिहरुले यस्तो सुझाव दिएका हुन् ।

गोष्ठिमा कार्यक्रमको अवधारणाको विषयमा सबै पक्षलाई जानकारी गराई सामाजिक सवाल पहिचान उठान र सकारात्मक समाधानमा सहयोग गर्न तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग गर्न अभियानमा संलग्न साचारकर्मिहरुले पनि आग्रह गरेका छन् ।
गोष्ठीमा धादिङका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद आचार्य स्थानिय विकास अधिकारी दिपेन्द्रराज पौडेल निमित्त मालपोत अधिकृत रामकृष्ण खत्री दुर साचार कार्यालय धादिङका प्रमुख सीताराम सुबेदी गैसस महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल युएमएन धादिङ क्लष्टरका टिम लिडर शशि घलान लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र साचारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागिहरुले सरकारी तथा गैरसरकारी निकायबाट प्रवाह गरिने सॆवा नागरिक वडापत्र स्थानीय निकायबाट विनियोजन गरिने बजेट योजना र कार्यान्वयनको अवस्था दलित छात्रवृत्ति वितरणमा देखिएका समस्याहरु समुदायमा रहेका महिला बालबालिका असहाय अपाङ्गता भएका नगरिक र सामाजिक रुपमा बाचेतीकरणमा परेका समुदायका सवालहरुलाई प्राथमिकतामा राखेर प्रशारण तथा प्रकाशन गर्नु पर्ने सहभागिहरुको सुझाव थियो ।

युनाईटेड मिशन टु नेपाल धादिङ क्लस्टरको सहयोगमा जगत ज्योति सामुदायिक विकास समाज जेड्स मैदीले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा नारायण श्रेष्ठको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा अभियानमा संलग्न साचारकर्मीहरुले समुदायमा लुकेर बसेका सामाजिक सवालहरु सबै साचार माध्यमहरुमा एकैसाथ प्रकाशन तथा प्रशारण गर्ने र समस्या समाधानको बाटोमा निरन्तर कि्रयाशिल रहने प्रतिवद्धता जनाएका थिए ।

यसैबीच विकासका लागि साचार अभियानमा संलग्न साचारकर्मीहरुको आजै बसेको बैठकले आगामी साता समस्या पहिचान समाचार प्रकाशन तथा प्रशारण र साउन १२ गते सरोकारवालाहरुसंग छलफल गर्ने निर्णय समेत गरेको जेड्स मैदीका सचिव सुजन श्रेष्ठले बताउनुभयो । विकासका लागि साचार अभियानमा धादिङका विभिन्न साचार माध्याममा कि्रयाशिल साचारकर्मीहरु आबद्ध छन् ।

रेडियो बिहानी

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]