सहमति मा बजेट ल्याउन राष्ट्रपतिको सुझाब


YYY

 असार  २७  काठमाडौं। आर्थिक बर्ष २०६८/६९ को वजेटका बारेमा राष्ट्रपति डाक्टर रामवरण यादवलाई उप–प्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले सोमबार  जानकारी गराउनुभएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटघाटका क्रममा अर्थमन्त्री अधिकारीले राष्ट्रपति डाक्टर यादवलाई वजेटको सैद्धान्ति र नीतिगत विषयमा जानकारी गराउनुभएको हो । भेटपछि सञ्मचारकर्मीसंग अर्थमन्त्री अधिकारीले असार ३० गते संसदमा पेश गर्ने तयारी भएको आर्थिक बर्ष २०६८/६९ को वजेटका बारेमा राष्ट्रपतिलाई जानकारी गराएको बताउनुभयो ।

वजेटको अन्तिम तयारीमा रहेको सरकारले राष्ट्रपति डाक्टर यादवलाई जानकारी गराएको हो । त्यस क्रममा डाक्टर यादवले सबै राजनीतिक दल र संबद्ध संघसंस्थाको सल्लाह र सुझावका आधारमा वजेट ल्याउन सुझाव दिनुभएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]