भारतीय संस्कृतिको नेपालमा प्रभाव


YYY

बिमला पाण्डे,सिन्धुली

साउनमा हरियो र पहेंलो पोते र चुरा र लुगा त्यसै गरि हातखुट्टामा मेहन्दी लगाएपछि श्रीमानको आयु बढ्ने र राम्रो श्रीमान पाउने विश्वासले महिलाहरुमा केहि वर्ष यता हरियो चुरा लगाउने लहर बढ्न थालेको छ । विवाहित अविवाहिता बच्चा बुढा जुनसुकै उमेर समूहका महिलाहरुले यो पहिरनलाई बढी प्राथमिकता दिदै आएका छन् । सुरुवात भारतको भारतबाट नेपालका सिमा क्षेत्र वा तराई हुदै नेपाली नेपाली समुदायमा भएको हो । यतिबेला हरियो र पहेंलो पोते चुरा लुगा र मेहन्दी नलगाउने सायदै कम महिला पाइएलान् । फेसनमा अर्काको सिको गर्न नेपालीहरु खप्पिस छन् जसका कारण भारतमा चलेका जति पनि चलन र फेसन छन् सजिलै नेपालमा आउने गरेको पाइन्छ । यो पुरानै शैली नै हो । 

भारतका हिन्दु धर्मालम्बी महिलाहरुबाट सुरु भएको यो संस्कार नेपालमा भित्रन कुनै गाह्रो भएन । नेपालीहरुको कर्म थलो भारत हो । भारतमा बस्ने नेपालीहरुले त्यहाँको संस्कार सिक्छन् र नेपालमा ल्याउने गर्छन । जसका कारण नेपालमा ती संस्कृति आउन र मौलाउन कुनै कठिनाईं हुदैन । त्यस्तै खुला सिमानाका कारण नेपालमा भारतिय संस्कृति आउनका लागि कुनै खालको समस्या नै आउने गरेको छैन । त्यस्तै नेपाली चेलीहरु भारतमा र भारतका चेलीहरु नेपालमा विवाह बारी गरि आउनेजाने चलन र बसाईं सराईले पनि यस्ता संस्कृति र फेसनलाई भित्राउन सहज बातावरण बनेको छ । यसैको निरन्तरताका रुपमा महिलाहरुले साउनमा हरियो पहिरन तथा मेकअपको परम्पराको विकास भएको हो । हरियो पहेंलो लुगा चुरा पोते र मेहन्दीले नेपालका महिलाहरुलाई फेसनको स्वाद चखाएको छ ।

विगत ७/८ वर्षको अवधिमा नेपालमा हरियो र पहेंलो पहिरन र मेकअप गर्ने महिलाहरुको संख्या दिन दुगुना रात चौगुना बढेको छ । गाउँ शहर बजार सदरमुकाम जहाँ तहीँ यसको प्रचलन बढेको पाईएको छ । कस्तो मान्यता अनुरुप यसको चलन सुरु भयो अधिकांश महिलाहरुलाई थाहा नै छैन । महिलाहरुले चलन चलेदेखि नै यसलाई अंगाले पनि यसको चुरो के हो पत्ता लगाउन नसकेको पाइन्छ । कतिपयले त रहरले पनि चुरापोते लगाउने गरेका छन् । श्रीमान् छोराको दिर्घायुका लागि साउनका सोमबारमा ब्रत बस्ने र हरियो पहिरन गर्नेहरुले हिन्दु धर्मका नाममा संस्कारले बाँधा बनाएको थाहा भने पाएका छैनन । श्रीमानको आयु बढाउनका लागि आफ्नो पहिरनमा ल्याइएको फेसनले सम्भव हुन सक्दैन भन्ने कुरा मात्र महिलाहरुले बुझेमा हिन्दु धर्मका नाममा आएका यस्ता चलनहरु स्वतः हटेर जाने थिए । धर्मका नामका कलंकहरुले गर्दा यस्ता आयातित संस्कृतिले नेपाललाई हस्तक्षेप गरिरहेको छ । 

 हरियो पहेंलोसँग यतिबेला रातो समेत मिसाएर लगाउने चलन आउन थालेको पनि पाइएको छ । श्रीमान्को आयु र छोराछोरीको कुशलताका लागी साउनमा सोमवारको ब्रत बस्ने मन्दिर धाउने महिलाहरु नभेटिनु नै अपवाद हुने नेपाली संस्कार बनेको छ यतिबेला । तर श्रीमानको आयु सुख शान्तिका लागि मरिमेटेर लागि परेका महिलाहरु श्रीमान्बाट हरेक दिन यातना भोगीरहेको प्रशस्त समाचारहरु पनि बाहिर नआएका होइनन । महिलाहरुले पुरुषका लागि अत्यन्तै उदार बनेका छन् तर पुरुषको समर्पण महिलाहरुप्रति कति पनि देखिएको छैन ।  महिलाहरु सामाजिक कामकाजमा भन्दा बढी धर्मकर्ममा विश्वास राख्ने र संस्कारको दास हुने गरेको इतिहास हाल सम्म कायमै रहेको छ । अव साउन लगत्तै तीजको लहर पनि नेपालमा आउने गर्छ । त्यतिबेला पनि गहना कपडाको प्रतिस्पर्धा महिलाहरुमा पाउन सकिनेमा विश्वस्त हुन सकिन्छ । तीजमा पनि नयाँ फेसनलाई महत्व दिनेहरुको प्रतिस्पर्धा नै हुने देखिएको छ । 

श्रीमानकै आयुका लागि बसिएको तीजकै वर्तले पनि पुरुष अर्थात श्रीमानको आयु बढाउने होइन यस्तो प्रतिस्पर्धाले आयस्तरलाई खस्काउने र परसंस्कृति र देखासिकीलाई प्रश्रय दिनेमात्र काम गर्नेमा कसैको मत बाझिने गर्दैन । यसले गरिवीको चपेटामा परेकालाई चलनका नाममा झनै गरिव बनाउने निश्चित छ ।  ुमहिलाहरु सचेत भएर सामाजिक क्षेत्रमा कि्रयाशिल हुनुपर्छ आत्मनिर्भर बन्नु पर्छ नेतृत्वका लागि अगाडी बढ्नु पर्छ तर संस्कार पुजाआजा दान धर्मका नाममा मरिमेटेर गुमाउनु बाहेक सायदै केहि पाउन सकिदैन । महिलाका हक हितमा साउनका चुरापोतेको खर्चलाई लगाउन सकेमा र मौलिक संस्कृतिलाई प्रश्रय दिन सकेमा यसले सबैको हित गर्ने थियो ।

email:- bppyuthan@gmail.com

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]