एमालेको राष्ट्रिय भेला धुलिखेलमा सुरु हुँदै


YYY
दीपक धिताल
 साउन ७ काभ्रे । नेकपा (एमाले)को केन्द्रीय सङगठन विभागको आयोजनामा आज काभ्रेको धुलिखेलमा राष्ट्रिय कार्यशाला भेला सुरु हुँदैछ। सङ्गठन विभागले आयोजना गरेको भेलामा सहभागी जिल्ला अध्यक्ष, सङ्गठन विभागका केन्द्रिय पदाधिकारीहरू धुलिखेल पुगिसकेका छन् । 

भेलाको दिउँसो साढे १ बजे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको एमाले  काभ्रे प्रचारप्रसार बिभाग प्रमुख अशोक व्याञ्जुले जानकारी दिनुभयो । धुलिखेल क्षेत्रलाई ध्वजा–पताका, स्वागत गेट, र झण्डाहरुले दुलही झैं सिंगारिएको छ । भेलालाई मध्य नजर राख्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । एमाले संगठन विभागले गरेको भेलामा प्रधानमन्त्री, रक्षामन्त्रीसँगै उच्च स्तरीय नेताहरू काभ्रे आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

काभ्रेको  पाँचखाल, धुलिखेल, साँगा, बनेपा, पनौतीका लगायत मुख्य–मुख्य बजारहरूमा सवारी साधानको चेक जाँच बढाउनुका साथै इलाका प्रहरी चौकीहरूलाई समेत हाइअलटमा बस्न निर्देशन दिइएको प्रहरी स्रोतले जानकारी दिएको  छ । भेलामा पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरू,  एमाले केन्द्रीय नेताहरु, विभाग र फाँटका प्रमुख, अञ्चल कमिटीका संयोजक र जिल्ला कमिटीका अध्यक्ष सहित गरी करिब दुई सयको सहभागिता रहनेछ । भेलाको सम्पूण तयारीको जिम्मा काभ्रे जिल्ला कमिटीले लिएको छ । भेलाका सहभागी बस्नका लगि धुलिखेल लज एण्ड रिसोर्टमा ४० वटा कोठा, मिराबेल रिसोर्टमा ३२ वटा, हिमालयन होराइजनमा २४ वटा, होटल प्िरन्स माउण्टेनमा १० वटा र हिमालयन हाइटमा १० वटा गरी एक सय १० वटा कोठा बुकिङ भएको व्याञ्जुले जानकारी दिनुभयो ।भेला सम्पन्न गर्नका लागि करिब १० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । 

भेलामा ७५ जिल्लाका पार्टी अध्यक्ष, १४ वटा अञ्चलका संयोजक, सचिव, सबै केन्द्रीय विभागका प्रमुखहरु, सबै फाँटका इन्चार्जहरु अगुवा कार्यकर्ताहरु गरी  करिब २ सय २० एमाले नेताहरु सहभागि हुने नेकपा एमाले काभ्रेका अध्यक्ष  बास्कोटाले जानकारी दिनुभएको छ । भेलामा शान्ति र संविधान, जेठ १४ मा तीन दलबीच भएको ५ बुँदे सहमति र भदौ १४ पछिको अवस्था, देशको वर्तमान राष्ट«िय राजनीति, पार्टीभित्र हावी हुदै गएको गुटगत राजनीति, पार्टी जीवनलगायतका विषयमा वृहत छलफल हुने बताइएकोे छ ।

 राष्ट्रिय भेलापछि मात्रै विशेष भेला हुने भएकाले पनि महाधिवेशनपछि हुन लागेको एमालेको यो पहिलो भेलालाई महत्वका साथ हेरिएको छ ।


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]