तीन दलका शीर्ष नेता गम्भिर नभएको संविधानसभा उपाध्यक्ष सुबेदीको आरोप


YYY
 असार ३१ काठमाडौं । संविधानसभा उपाध्यक्ष पूर्णकुमारी सुवेदीले तीन ठूला दलका शीर्षनेताहरुले शान्ति र संविधानमा गम्भिर नरहेका कारण शान्तिप्रकृयाले सोचे अनुरुपको परिणाम हासिल गर्न नसकेको आरोप लगाउनुभएको ।

काठमाडौमा आज आयोजित सौन्दर्य व्यवसायि संघको दोस्रो केन्द्रीय महाधिवेशनको उदघाटनका क्रममा उहांले शान्ति र संविधानका लागि थपिएको ३ महिनाको समयावधिमा डेढ महिना बितिसकेको भन्दै अवको बांकी समयमा शान्ति र संविधानको खाका बाहिर ल्याउन दलहरुले तिब्र रुपमा बार्तालाई अघि बढाउनुपर्ने बताउनुभयो ।

दलहरुबीचको बिवादकै कारण समयमा बजेट निकासा हुन नसकेकोमा दुख व्यक्त गदै उपाध्यक्ष सुवेदीले बजेट  सबैका लागि आवश्यक भएकाले कुनैपक्षले रोक गर्न नमिल्ने अडान व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष सुवेदीले बाहिर सौन्दर्यता भन्दा भित्रि सौन्दर्यतालाइ बढाउनुपर्ने बताउनुभयो । उहाँले नैतिकबल र आत्मविश्वास बढाउनका लागि सबैलाइ सौन्दर्य आवश्यक भएको बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकारले राजनीतिक दलहरुको मनोमानिका कारण बजेट बन्धक बनेको आरोप लगाउनुभयो ।

उपाध्यक्ष राजकर्णिकारले अर्थतन्त्रलाइ बन्द राखि आफनो स्वार्थपुरा गराउन दलहरुलागेको बताउनुभयो ।  सौन्दय व्यवसायीसंघको महाधिवेशनमा देशभरका १५० जना सौन्दर्यव्यवासयाीको सहभागिता रहेको छ । सौन्दर्य व्यवसयाीको महाधिशेनले आजै नयाँ कार्यसमिति पनि चयन गर्ने छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]