जोमसोम महिला समुहको १८ औ बार्षीक साधारण सभा एव ११औ अबिधेशन सम्पन्न


YYY
चन्द्रश्वर बस्ताकोटी
 साउन १५ मुस्ताङ ।  मुस्ताङको सदरमुकाम जोमसोममा जोमसोम महिला समुहको १८ औ बार्षीक साधारण सभा एव ११औ अबिधेशन सनिबार सम्पन्न भएको छ ।  अधिबेशनले सरिता थकालीको अध्यक्षतामा १७ सदस्यिय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष, सचिब, सहसचिब, कोषाध्यक्ष र सदस्यहरुमा क्रमश अजित्रा थकाली, प्रमिता थकाली, कल्पना शेरचन, ज्योति थकाली, निर्मला भट्टचन, ललिता शेरचन, छिरिङ गुरुङ, अमला गोतामे,  आशा शेरचन, ललिता गुरुङ, सझना राना, टिका गोतामे, नानी गुरुङ, चेङगा भुटी गुरुङ, छप्तेन ताङवे र सरिता नेपाली रहेका छन ।

१८ बर्ष अगाडी स्थापीत समुहको आफ्नै भवनमा क्याटरिङ तथा कार्यक्रम सचालनको ब्यबस्था, स्नान गृह, उष्णकक्ष, सोलार ड्रायर आम्दानीको श्रोत बनेका छन । १ सय ३१ सदस्य रहेको समुहमा बचत गर्ने ८८ जना रहेको समेत जानाकारी दिइयो । निबर्तमान अध्यक्ष मिम कुमारी शेरचनको अध्यक्षतामा सचालीत कार्यक्रमको रजनी शेरचनले सचालन गर्नु भएको थियो ।  

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]