नेपाली जन सम्पर्क समिती पोर्तुगलद्वारा २९ औं बीपी स्मृति दिवस सम्पन्न


YYY
रामहरि लामिछाने
 साउन ९   लिस्बोन ।नेपाली जन  सम्पर्क समिती पोर्तुगलले लिस्बोनमा  आइतबार २९ औं बीपी स्मृति दिवसको अबसर पारेर  "बिचारहरुको सान्दर्भिकता"  बिषयक गोष्ठी कार्यक्रम   सम्पन्न गरेको छ  । स्वर्गीय महानायक बीपीको तस्बिरमा माल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रम एनआरएन नेदरल्याण्डका अध्यक्ष  एबम नेपाली जन सम्पर्क समिती  नेदरल्याण्डका सल्लाहकार हरि पौडेल  प्रमुख आतिथ्यमा  सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि एबम जन सम्पर्क समिती नेदरल्याण्डका सल्लाहकार हरि पौडेलले बिपीले पुर्याउनु भएको योगदानको चर्चा गर्दै बिपीले देखाउनु  भएको  मार्गमा लाग्नु पर्नेमा जोड दिनुभयो। उहाले बिपीको सिद्दान्त अनुसार नेपाली कांग्रेस अगाडी बढ्नु पर्ने आबश्यकता औल्याउदै  प्रवास मै रहेर भए पनि प्रजातन्त्र जोगाउन  लागि पर्न सबैमा आग्रह गर्नुभयो। यसै गरि उहाले नेपालका नेताहरुले नेपालको  संबिधान बनाउन नसकिरहेको अबस्थामा संबिधान नबने सम्म   प्रवासमा रहेका कुनै पनि संघ संस्थाहरुले नेताहरुलाई कार्यक्रमको सभागितामा बन्देज गराउनु पर्ने धारणा समेत राख्नुभयो।

नेपाली जन सम्पर्क समिति पोर्तुगलका अध्यक्ष एबम कार्यक्रमका सभापति पूर्ण हमालले बिपीको स्मरण मात्र गरेर होइन कि उहाले दिनुभएको योगदानलाई आत्मा साथ गर्दै अगाडी बढ्नु पर्ने बताउनुभयो। यस्तै  एनआरएन पोर्तुगलका निर्बर्तमान अधक्ष्य  लक्ष्मी प्रसाद सापकोटाले बिपीको भनाइलाई स्वीकार गर्दै नेपाली कांग्रेस एक ढिक्का भएर अगाडी बढ्नु पर्ने बताउनुभयो।

कार्यक्रमामा बोल्दै नेपाली जन सम्पर्क समिते पोर्तुगलका सल्लाहकार भिम केसी कमलले बीपीका सिदान्तहरुलाई प्रभाबकारी  रुपमा अबलम्बवन गर्नुपर्नेमा जोड दिनु भयो।

 यसै गरि कार्यक्रमामा सित बराल, भानु सापकोटा, सुशील गैरे, दामोदर सुबेदी लगायतले बीपीको एक  राजनीतिज्ञ मात्र नभैकन सफल साहित्यकार भएको स्मरण गर्दै उहाले गर्नु भएको  योगदानको चर्चा गर्नु भएको थियो।

जन सम्पर्क समिती पोर्तुगलका संस्थापक सचिब हेमन्त सेढाइंले संचालन गर्नु भएको कार्यक्रम रेस्टुरेन्ट टेस्ट अफ नेपाल सल्दान्हाको हलमा सम्पन्न गरिएको थियो।

 कार्यक्रम नेपाली जन सम्पर्क समिती पोर्तुगलका अध्यक्ष  पूर्ण हमालको सभापतित्वमा  सम्पन्न भएको थियो।


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]