कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी


YYY
 साउन  १० काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्ति र संविधान तथा पाँच बुँदे सहमति कार्यान्वयन लगायतका बारेमा छलफल गर्न आज प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर, सानेपामा जारी बैठकमा पाँच बुँदे सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउने लगायतमा छलफल हुने केन्द्रीय सदस्य अर्जुन नरसिंह के.सी.ले जानकारी दिनुभयो । एकीकृत माओवादी र प्रधानमन्त्री झलनाथ खनालले पाँच बुँदे सहमति कार्यान्वयन गर्नुको साटो सरकारलाई स्थायीत्व दिन मन्त्रिपरिषद पुर्नगठन गर्न लागेका बारेमा छलफल हुने नेता के.सी.ले बताउनुभयो ।

त्यसै गरेर बैठकमा संसदीय दलको नेता परिर्वतनका लागि बरिष्ठ नेता शेरबहादुर देउवा पक्षले गरेको प्रयास लगायतका बारेमा पनि छलफल हुने बुझिएको छ । देउवा पक्षका नेताहरुले संसदीय दलको नेताबाट रामचन्द्र पौडेललाई हटाउन हस्ताक्षर अभियान समेत सञ्चालन गरेको समाचारहरु आईरहदा आज बैठक बसेको छ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]