राजधानीमा गुडिरहेको टेम्पोमा आगलागी


YYY
साउन ६ काठमाडौ।  राजधानीमा शुक्रबार गुडिरहेको टेम्पोमा आकास्मात आगलागी भएको छ । टेम्पोमा सवार चालक तथा यात्रु जोगिन सफल भएका छन् । टेम्पो जलेको छ । दमकलको सहयोगले टेम्पोमा लागेको आगो नियन्त्रणमा लिइएको छ । सुन्धाराबाट कलंकी जाँदै गरेको बा.१.घ ४३२० नम्वरको सफा टेम्पो त्रिपुरेश्वर पुगेपछि सिट मुनीबाट आकास्मात आगो लागेको थियो । सबै यात्रु आगो पूरा नफैलिंदै ओर्लिन सफल भएका थिए । टेम्पोमा रहेको ग्यास लिक भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]