माओवादी मन्त्रीहरुको सपथ गराउनु परे प्रधानमन्त्रीले राजिनामा दिने : ज्ञावली


YYY
 साउन ११ काठमाडौ । सत्तारुढ नेकपा एमाले स्थायी समिति सदस्य प्रदीप ज्ञावलीले माओवादीले सिफारिस गरेका नेताहरुलाई सपथ गराउनु पर्ने अवस्था आए प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले बुधबार  राजधानीमा गरेको साक्षात्कारमा ज्ञावलीले राष्ट्रिय सहमतिको सरकार बनाउने बेलामा माओवादीले मन्त्रिपरिषद विस्तार गर्ने गरी गरेको निर्णय असमायिक, अनुचित र असान्दर्भिक भएको टिप्पणी गर्नुभयो । उहाँले मन्त्रिमण्डल विस्तार गरेमा त्यसले राष्ट्रिय सहमति निर्माणलाई ओझेलमा पार्ने बताउनुभयो ।

एमाले नेता ज्ञावलीले कांग्रेस र मधेशवादी दलहरु समेटेर सहमति कायम गर्ने बेलामा एमाले कुनै एउटा पार्टीको पछि नलाग्ने स्पष्ट पार्दै सहमतिको बातावरणलाई कमजोर बनाउने कुनै पनि काम एमालेबाट नहुने बताउनुभयो ।

साक्षात्कारमा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले सरकारको विस्तार माओवादीको अहिलेकै सरकारलाई निरन्तरता दिने रणनीति भएको भन्दै सरकार विस्तारको विषय पाँच बुँदे सहमति र सहमतिको भावना विपरित भएको बताउनुभयो ।

उहाँले सरकार विस्तारको प्रस्ताव ल्याएर माओवादी भित्र कति पद लोलुपता छ भन्ने प्रष्ट पारेको दावी गर्दै माओवादीले संसदीय ब्यवस्थाको अपमान गरेको उल्लेख गर्नुभयो ।


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]