बेलायतमा नेपालीहरु आक्रमण र लुटपाटको शिकारमा


YYY
 साउन ६ लण्डन । फार्नवोरो, अल्डरसट क्षेत्रमा नेपालीमाथि सांघातिक आक्रमणका खबर बढिरहँदा बेलायतस्थित रेडिङ सहरमा बस्ने नेपाली पनि बढ्दो लुटपाट र आक्रमणको शिकार भएका छन्। हङकङबाट आएका एक भूपू लाहुरेको घरबाट दुई साताअघि ४० तोला सुन लुटियो । गत आइतबार साँझ ६ बजे कामबाट फर्कने क्रममा प्रतिमा केसी एलेक्सजेन्डर रोडमा लुटिइन्, लुटेराले उनको दुई तोलाको सुनको सिक्री लगिदिए ।

यस्तै,  एक बिहान ६:३० बजे काममा जाँदै गर्दा सवीर गुरुङलाई अक्सफोर्ड रोडमा तीन जनाले मरणासन्न हुने गरी पिटेर उनीसँग भएको बैंक कार्ड, मोबाइल फोन र अरू सबै सामानसमेत लुटे। एक वृद्ध भूपू गोर्खाको साथमा रहेको १२ सय पाउन्ड लुटिँदा उनी हेरेको हेर्‍यै भए।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]