माओवादी केन्द्रीय समितिको बैठक जारी


YYY
 साउन  ७ काठमाडौं। कार्यविभाजन लगायतका बिषयमा केही सहमति हुने संकेत भएपछि एकीकृत माओवादीको केन्द्रीय समिति बैठक राजधानीमा बसिरहेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडा कोटेश्वरमा जारी बैठकमा कार्यविभाजन, भावी रणनीति, शान्ति र संविधान लगायतका बिषयमा छलफल हुने माओवादीले जनाएको छ । लामो गृहकार्य र आन्तरीक छलफल पछि केन्द्रीय समिति बैठक आज बसेको हो ।

अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानका पक्षमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले टिप्पणी गर्ने बुझिएको छ । यद्यपी प्रतिवेदनको उपाध्यक्ष मोहन बैद्य र डाक्टर बावुराम भट्टराईले बिरोध गरिसक्नुभएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]