गृहकार्य नपुगेको भन्दै माओवादी केन्द्रीय समिति र स्थायी समिति बैठक स्थगित


YYY

असार २९ काठमाडौं। भावी कार्ययोजना र आन्र्तसंघर्ष लगायतका बिषयमा सहमति जुटाउन आजका लागि तय भएका एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति र स्थायी समितिको बैठक स्थगित भएका छन् ।

राजधानीमा आज बिहान ११ बजेका लागि बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै अन्तिम क्षणमा स्थगित गरिएको माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । पार्टीभित्रको आन्तरिक विवादका विषयमा छलफल गर्न आज केन्द्रीय समितिको बैठक बोलाइएको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले कार्ययोजना र कार्यविभाजन सहितको प्रतिवेदन पेश गर्ने कार्यक्रम थियो। बैठक स्थगित भएपनि नेताहरु द्धिपक्ष्ँीय र बहुपक्षीय छलफलमा व्यस्त छन् । अध्यक्ष दाहालको प्रस्तावको विपक्षमा उपाध्यक्ष मोहन वैद्य र डाक्टर बाबुराम भट्टराईले पनि छुट्टै प्रस्ताव पेश गर्ने तयारी गरेको बुझिएको छ ।

यसअघि हिजो भएको संयुक्त भेलाबाट अध्यक्ष दाहालले सच्याउनुपर्ने विषयको लिष्ट नै तयार पारिएको थियो। माओवादी सचिव सीपी गजुरेलले अध्यक्षका तर्फबाट शान्ति, संविधान, संगठनात्मक कार्यविभाजन सहिताको प्रस्ताव आउने र त्यसमा चित्त नबुझे बैद्य र भट्टराईका तर्फबाट पनि प्रस्ताव पेश हुने बताउनुभयो।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]