दलहरु संविधान सभामा आफ्नो हैसियत देखाउने होडवाजी रहेका कारण गतिरोध अन्त्य हुन सकेन: सभामुख


YYY
 साउन ४ काठमाडौँ । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ्गले दलहरु शान्ति र संविधानलाई निश्कर्षमा पुर्याउनु भन्दा संविधान सभामा आफ्नो हैसियत देखाउने होडवाजी रहेका कारण गतिरोध अन्त्य हुन नसकेको गुनासो गर्नुभएको छ । 

शान्ति र संविधानको मुल मुद्धालाई छोडेर संविधान सभामा हैसियत प्रस्तुत गर्न मात्र नेतृत्वको ध्यान गएका कारण परिवर्तन संस्थागत हुन नसकेको अध्यक्ष नेम्वाङ्गको भनाई छ । मंगलबार नेपाल इन्जिनीयर एसोसिएसन ५० औ बर्षमा प्रवेश गरेको अवशरमा काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष नेम्वाङ्गले दलिय स्वार्थलाई त्यागेर शान्ति र संविधानमा एकत्रित हुन दलहरुलाई अपिल समेत गर्नुभयो । कार्यक्रममा अध्यक्ष नेम्वाङ्गले शान्ति र संविधानमा सहयोग गर्न इन्जिनीयरहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले शिक्षित र विद्धान वर्गहरुप्रति गंभिरता देखिएमा मात्र परिवर्तनलाई संस्थागत गर्न सकिने भएकाले त्यसप्रति गंभिर हुन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा सिंञ्चाई मन्त्री रघुवी महासेठले संक्रमणकालमा देखिएका समस्याबाट नडराउन दलहरुलाई आग्रह गर्नुभयो ।  संक्रमणकालिन अवस्थामा तोकिएको समयमा अपेक्षा गरिएका कार्यहरु सफल नभएपनि संक्रमणकालको अन्त्यसँगै पूर्ण हुने उहाँको भनाई थियो ।

कार्यक्रममा सहभागी इन्जिनीयरहरुले सरकारले विज्ञहरुका लागि कार्य गर्ने काम मैत्री वातावरण निमार्ण गर्न नसकेको गुनासो गरेका थिए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]