पुल निर्माण कार्यमा अबरोध


YYY
त्रिपुरेश्वर गाउँ विकास समितिको खहरे स्थित सुन्दर बजर र शक्ति बजार जोड्ने पक्किपुल निर्माणको क्रममा गुणस्तर हिन र मापदण्ड भन्दा कम सामाग्री प्रयोग गरिएको भन्दै स्थानीय बासीन्दाले आजबाट काम अवरुद्ध पारेका छन् । मापदण्ड भन्दा कम रड प्रयोग गरेको बालुवामा ठूला-ठूला ढुङ्गा मिसाईएको माटो मिसिएको गिटि प्रयोग गरेको र जिल्ला विकास समितिबाट नियमित अनुगमन नगरिएको भन्दै स्थानीय बासीन्दाले अवरोध गरेका हुन् । दक्ष प्राविधिक मिक्चर मेसिन र जिविसको स्टमेट विना काम सुरु नहुने स्थानीय बासीन्दाले बताएका छन् । पुल निर्माणको काममा अनुगमनको जिम्मा पाएका जिल्ला विकास समितिका प्राविधिक राकेश मिश्रले कामको नियमित अनुगमन गर्नुपर्नेमा त्यसो हुन नसकेको स्थानीय देवराज धरेलले बताउनु भयो । नेपाल सरकारको केन्द्रीय बजेटमा जिल्ला विकास समितिबाट टेण्डर पारेका ठेकेदार सुरेश रिजालको कम्पनीले पुल निर्माणको काम गरिरहेको छ । जेष्ठको पहिलो हप्तादेखि सुरु भएको काम ७ महिना भित्र सम्पन्न गर्ने गरी जिल्ला विकास समिति संग सम्झौता भएको छ ।

रेडियो बिहानी

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]