माओवादीका तीन उपाध्यक्ष र महासचिवको गोप्य भेला


YYY
 साउन ३ काठमाडौं । एकीकृत माओवादी भित्र आन्तरीक बिवाद चर्किरहेका समयमा मंगलबार राजधानीमा तीन उपाध्यक्ष, महासचिव तथा केही केन्द्रीय सदस्यहरुको गोप्य बैठक भएको छ ।

काठमाडौंको बैद्धस्थित महासचिव रामबहादुर थापाको निवासमा भएको गोप्य बैठकले उपाध्यक्ष नारायणकाजीको नेतृत्वमा नयाँ मन्त्रीलाई समोवशी बनाएर पठाउने सहमति भएको स्रोतले जनाएको छ । त्यसै गरेर बैठकले उपाध्यक्ष श्रेष्ठलाई नै गृहमन्त्रालय दिन तयार रहेको बुझिएको छ ।

उपाध्यक्ष श्रेष्ठले कार्यविभाजन लगायतका बिषयमा बैद्य–भट्टराईको समूहलाई समर्थन गरेमा उपप्रधान र गृह सहित सरकारमा पठाउने सहमति भएको हो । त्यस क्रममा उपाध्यक्ष श्रेष्ठले बैद्य–भट्टराई समूहलाई समर्थन गर्ने समेत बचन दिनुभएको बुझिएको छ ।

बैठकमा उपाध्यक्ष मोहन बैद्य, डाक्टर बावुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, केन्द्रय सदस्य नेत्रबिक्रम चन्द लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]