धम्की आएपछि दैलेखको स्थानीय विकास अधिकारीले जिल्ला छाडे


YYY
असार ३० दैलेख।  जिल्ला विकास समिति दैलेखका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डे विभिन्न धम्की आउन थालेपछि जिल्ला छोड्नुभएको छ । 

 जिल्ला विकास समिति दैलेखबाट सन्चालित भएका विभिन्न योजनाहरुमध्ये सम्पन्न नभएका कतिपय योजनाहरुको धम्क्याएर रकम भुक्तानी मागेपछि उहाँले जिल्ला छोड्नुभएको बताइएको छ । १८ वटा योजनाको काम सम्पन्न नभएको अनुगमनको प्रतिवेदन हुँदाहुँदै राजनीतिक दल र अन्य पहुँचका आधारमा स्थानीय विकास अधिकारीलाई धम्क्याएर उपभोक्ताहरुले रकम भुक्तानी मागिरहेको जिविसका कर्मचारीहरुले बताएका छन् ।  

केही व्यक्तिहरुले दुव्र्यवहार र रकम भुक्त्तानी गर्न व्यापक दवाब दिदै धम्की दिएपछि आफु असुरक्षित भएको भन्दै मन्त्रालय र विभागका अधिकारीहरुसँग परामर्श गरेर जिल्ला छाडेको पाण्डेले बताउनुभएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]