प्रचण्डले संसदीय दलको नेता नछाड्ने


YYY

 साउन ४ कठमाडौं। एकीकृत नेकपा माओवादी पोलिटब्यूरो सदस्य हरिवोल गजुरेलले बाहिर चर्चा भए जस्तो अध्यक्ष प्रचण्डले संसदीय दलको नेता नछाड्ने बताउनुभएको छ ।

राजधानीमा बुधबार आयोजीत साक्षत्कारमा गजुरेलले पार्टीभित्र अध्यक्ष प्रचण्ड बहुमतमै रहेको बताउनुभयो । उहाँले अध्यक्षलाई कमजोर बनाए शान्ति र संविधान निर्माणको कार्य पनि अवरुद्ध हुने चेतावनी दिनुभयो । उहाँले भदौ १४ गतेसम्म प्रचण्डकै नेतृत्वमा शान्ति र संविधान निर्माणको कार्यमा पार्टी लाग्ने उल्लेख गर्दै त्यसपछि प्रचण्डले पार्टी हेर्ने गरी जिम्मेवारी बाँडफाँड हुने बताउनुभएको छ ।

साक्षात्कारमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले आलो पालोमा जाने प्रस्तावलाई अस्वीकार गरेका कांग्रेस नेताहरुले अहिले गल्ती भएको महसुस आफूहरुसँगको कुराकानीमा गर्न थालेको बताउनुभयो ।

उहाँले राष्ट्रिय सहमतिको सरकारको विकल्प तयार नभए एमाले, कांग्रेस र माओवादीले आलोपालो प्रणालीबाट सरकार सञ्चालन गर्नु पर्ने प्रस्ताव राखेको बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]