‘महान छोरी’ समेटन अष्ट्रियाको राष्ट्रिय गान परिवर्तन


YYY
सिड्नी । अष्ट्रियाले महिलाहरुको योगदानलाई पनि समेट्न राष्ट्रिय गान परिर्वतन गर्ने भएको छ । अष्ट्रियाको हालको राष्ट्रिय गानमा एक बाक्य छ-’होम अफ ग्रेट सन्स’ अर्थात ‘अष्टे्रलिया महान छोराको देश ।’ बताइएअनुसार अब यस वाक्यलाई परिर्वतन गरेर यस्तो बनाइनेछ-’होम अफ ग्रेट डटर्स, ग्रेट सन्स’ अर्थात अष्ट्रेलिया महान छोरी र छोराको देश । अष्ट्रियाली संसदका मुख्य पार्टीहरु राष्ट्रिय गानको केही शब्द परिर्वतन गर्न सहमत भएका छन् । नयाँ राष्ट्रिय गान आगामी जनवरीसम्ममा तयार पारिने बताइएको छ ।

अष्ट्रियाका प्रमुख तीन पार्टीका महिला नेतृहरुले राष्ट्रिय गान तयार पार्दा विशेषज्ञहरुको सुझाव लिनु पर्नेमा जोड दिएक छन् । अष्ट्रियाको राष्ट्रिय गान सन् १९४७ मा बनाइएको थियो । केहीअघि महिला मामिलाका पूर्वमन्त्री एवं अष्ट्रियन पीपुल्स पार्टीका नेता राउच कलाटले राष्ट्रिय गान परिर्वतनको प्रस्ताव अघि सार्नु भएको थियो । त्यससँगै यसको पक्षमा व्यापक जनसमर्थन जुटेको छ ।

समाचारहरुमा जनाइएअनुसार यस प्रस्तावमा सहमत हुन अष्टे्रलियन पीपुल्स पार्टीका पुरुष रुढिवादी नेताहरुलाई निकै समय लागेको थियो । राष्ट्रिय गान परिर्वतनको प्रस्तावलाई संसदले समेत सहमति दिने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]