उपल्लो मुस्ताङमा अबिरल बर्षाले क्षती


YYY
चन्द्रश्वर बस्ताकोटी
 साउन ९  जोमसोम। उपल्लो मुस्ताङको लोमान्थाङमा गत विहिबार देखि लगातार परेको अविरल बर्षाले स्थानीय घर, गुम्वा, खानेपानी, जलबिद्युत, सिचाई लगायतमा क्षती पु¥याएको छ । बर्षासंगै आएको बाढीले लोमान्थाङ साना जलविद्युत केन्द्र, सिँचाई आयोजना र खानेपानीको मुहानमा क्षती पु¥याएको छ ।

विगतका बर्षको तुलनामा अत्याधिक बर्षा भएकाले उपल्लो मुस्ताङका लोमान्थाङ गाविस लगायतमा बनेका माटोका घरहरुमा पानी पसेको, खानेपानी समस्याले खोलाको घमीलो पानी प्रयोग गर्न बाध्य भएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका पर्यटन सहायक अधिकृत मधुप्रसाद बरालले जानकारी दिनुभयो । बर्षाले खानेपानीको मुहानमा लेदो पसेको र २ सय मिटर पाइप बगाएपछि लोमान्थाङमा खानेपानीको अभाव देखिन थालेको हो ।

पर्यटन सहायक अधिकृत बरालका अनुसार चराङ गाबिसको मराङमा करिव ४ सय बृक्षारोपण गरि हुर्कीसकेका बिरुवा बाढीले बगाएको छ । यसै गरि चराङगाउमा समेत बिरुवा वाढीले बगाएको बताइएको छ । चराङखोला बढेर पुलमुनी पानी अटाउन नसकेपछि बाहिरबाट समेत गएको बरालले जानकारी दिनु भयो । छोसर, छोन्हुप गाविसमा समेत बर्षाले सामान्य क्षती पु¥याएको छ । सोमबार दिउसो समेत हल्का पानी परिरहेको  छ ।

अबिरल बर्षाले बिश्व सम्पदामा नाम लेखाउन तम्तयार लोमन्थाङ दरवारलाई पनि सामान्य क्षति पु¥याएको छ । १ सय ८ कोठा रहेको माटोको दरवारमा पानी पसेपछि त्यहा बसेका जापानी पर्यटक अन्यत्र गएको बताइएको छ । सबैभन्दा बढि क्षती शुक्रबार र शनिबारको बर्षाबाट भएको लोमान्थाङ संरक्षण क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रधारा विष्टले बताउदै खोलाहरु बढेको र केहि खोलाहरुले पुसल समेत बगाएको जानकारी दिनुभयो ।

वातावरणका क्षेत्रमा देखिएको परिर्वतनका कारण पछिल्ला केही बर्ष यता छोण्हुप, लोमान्थाङ, छोसेर, घमी लगायत उपल्लो मुस्ताङका सबैजसो गाविसमा बर्षा हुन थालेको  एक्याप लोमान्थाङका प्रमुख निरञ्जन ढुगांनाले जानकारी दिनुभयो । सोमबार हल्का पानी परेकाले खानेपानी र विद्युत सेवा सुचारु गर्ने तयारी भइरहेको बताइएको छ।

उता,छुसाङ गाबिस वडानं ५ का चक्रप्रसाद गुरुङको घर भत्कदा आइतबार बिहान  सुतिरहेको अवश्थामा अचानक घर भत्कदा १ जनाको मृत्यु भएको थियो ।

घर भत्केपछि ५९ बर्षीय ङिमा ढुमा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरिक्षक मघु सुघन लुइटेलले बताउनु भयो  ।  नेपाल प्रहरी, र ससस्त्र प्रहरी बल सिमा सुरक्षाबल जोमसोमका ११ जनाको टोली आइतबार बिहानै उद्धारका लागि त्यस तर्फ प्रस्थान गरि सोमवार फर्केका छन ।  पानी परेको अवश्थामा राती घरको छत खसेपछि पुरीएर उनको मृत्यु भएको बताइएको छ।  

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]