माओवादी केन्द्रीय समितिको बैठक स्थगित


YYY
 असार ३२ काठमाडौं  । एकीकृत माओवादीको पटक पटक स्थगित हुंदै आएको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने गरी स्थगित भएको छ ।

पार्टी भित्रको अन्तरसंघर्ष व्यवस्थापन गर्न आजको लागि बोलाइएको बैठक भोलिसम्मलाई सरेको हो । केन्द्रीय समितिको बैठक स्थगित भएपनि केन्द्रीय पदाधिकारीबीच आजै केही समय छलफल भएको छ । छलफलमा भोलीको केन्द्रीय समिति बैठकमा पेश हुने एजेण्डाका बारेमा छलफल भएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । असार १० गते तीन दिनका लागि भन्दै स्थगित भएको बैठक २२ दिन बितिसक्दा पनि सुरु हुन सकेको छैन ।

शान्ति, संविधान र पार्टी भित्रको कार्यविभाजनका विषयमा माओवादी भित्र मतभेद छ । कार्यविभाजन परिवर्तनका लागि बहुमतबाट प्रस्ताव लैजाने तयारी गरिरहेको अध्यक्ष प्रचण्ड इतरका नेताहरुले बताएका छन । केन्द्रीय समिति बैठकमा तीनै उपाध्यक्ष्ँ र महासचिव रामबहादुर बादल, सचिव सीपी गजुरेल लगायतले कार्यविभाजनको लागि बहुमत पु¥याउन हस्ताक्षर अभियानै थालेका छन् ।

केन्द्रीय समितिमा १ सय ४९ रहेका मध्ये ६३ जनाको हस्ताक्षर संकलन भइसकेको छ । माओवादी भित्रको अन्तरसंघर्षका कारण देशको राष्ट्रिय राजनीतिसमेत प्रभावित भएको छ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]