पर्यटन वर्ष २०११ भित्र मै शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउने प्रधानमन्त्रीको अठोट


YYY
 असार २९  काठमाडौँ। प्रधानमन्त्री झलनाथ खनालले पर्यटनवर्ष २०११ सालमा शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याएर एतिहासिक सालको रुपमा मानिने बताउनु भएको छ ।नेपाल निजामति कर्मचारी प्रथम सगरमाथा आरोहण अभियान २०११मा सफल आरोही,सहयोगि तथा सम्बद्ध निकायलाई नेपाल सरकार र पर्यटन तथा उड्डयन मन्त्रालयले मगंलवार आयोजना गरेको सम्मान कार्यक्रमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले संविधान निर्माण गर्ने अभियानलाई अगाडी बढाउने सिलसिलामा त्यसलाई पुरा गर्ने संकल्प र अठोटको साथमा सरकार अगाडी बढेको बताउनु भयो ।

२०११ मा संविधान निर्माण हुनेमा विश्वस्त भएको भन्दै प्रधानमन्त्री खनालले संविधानको टुंगो भए आर्थिक क्रान्तिलाई अगाडी बढाउन सक्षम हुने प्रष्ट पार्नु भयो ।देशमा पर्यटन विकाशको अपार सम्भावना रहेको बताउँदै प्रधानमन्त्री खनालले शान्ति र संविधानलाई पुरा गरेर भविष्यको अर्थतन्त्र पर्यटनमा आधारीत अर्थतन्त्र हुनुपर्नेमा जोड दिनु भयो ।उहाँले निजामति कर्मचारीको सगरमाथा आरोहण ईतिहासको महत्वपुर्ण कोशे ढुंगा बनेको भन्दै विरता,पराक्रम र शाहसको प्रतिकको रुपमा रहेको सगरमाथामा आरोहण गर्ने टोलिलाई बधाई दिनु भयो ।

कार्यक्रममा सुविर श्रेष्ठ,सन्त कुमार महर्जन ,हरी ढकाल,तुलसीराम भण्डारी,हरी प्रसाद गुरागाई,ज्ञानेन्द्र कुमार श्रेष्ठ,सुरथ पोखरेल,खिनलाल गौतम र पद्म बहादुर भण्डारीलाई जनही दुई लाख रकमको चेक सहित पन्ध्र जना सहयोगिहरुलाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा नागरीक तथा उड्डयन मन्त्री खड्ग बहादुर विश्वकर्मा लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]