माओवादीले बेमौसमको बाजा बजाएको छ:एमाले नेता नेपाल


YYY

साउन १४ काठमाडांै ।नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले बेमौसमको बाजा बजाउन खोजेर माओवादीले शान्ति प्रकि्रया भाडँ्न खोजको आरोप लगाउनुभएको छ । एमाले रौतहट काठमाडौ सम्पर्क माचले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद् पुर्नगठनको प्रस्तावलाई लक्षित गर्दै नेपालले मलामीको शंख बजाउने बेलामा बिहेको बाजा बजाउनुको कुनै औचित्य नभएकॊ बताउनुभयो । उहाँले राजीनामा दिनुपर्ने बेलामा सरकार पुनर्गठनको प्रस्ताव हास्यास्पद भएको भन्दै माओवादीप्रति ब्याङ्ग्य प्रहार गर्नुभएको छ । नेता नेपालले सरकारले राजीनामा दिएर अघि बढ्नुको विकल्प बाँकी नरहेको दोहोर् याउनुभयो । 

सरकार पुर्नगठनको प्रस्ताव घातक भएको दावी गर्दै उहाँले माओवादी भित्रको हतियारको मोह अन्त्य नभएसम्म मुलुकको शान्ति प्रकि्रया अघि नबढ्ने बताउनुभयो । माओवादी भित्रको अन्र्तविरोध पनि मुलुकका लागि घातक बनेको नेता नेपालको भनाई थियो । एमालेका वरिष्ठ नेता समेत रहनु भएका नेता नेपालले  पाँच बँुदे सहमति अनूरुप आफनै पार्टीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएर राष्ट्रिय सहमतिको मार्ग प्रस्तत गर्न आग्रह समेत गनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]