मुस्ताङमा खेलकुदलाई नया उचाइमा पुर्याउने प्रतिबद्धता


YYY
चन्द्रश्वर बस्ताकोटी
 साउन ३ मुस्ताङ। राष्टिय गौरव तथा स्वस्थ्य नागरीकका लागी खेलकुद भन्ने नारालाई सार्थक बनाउन खेलकुद भन्दै जिल्ला खेलकुद बिकास समिति मुस्ताङका नया कार्य समिती सदस्यहरुले मगंलबार सपथ खाएका छन । निश्वार्थ भावनाले इमान्दारी पुर्वक राष्टको प्रतिष्ठा बढाउन लागी पर्ने बताउदै खेलकुद बिकास समिती २०४९ को परिच्छेद ५ को चौथो संसोधन नियम १९ बमोजीम ४ बर्षका लागी मनोनयन भएका पदाधिकारीले खेलकुद बिकास समितिको भवनमा सपथ खाएका हुन  ।

नया कार्यसमितिलाई बधाई दिदै राष्ट सेवक कर्मचारीको पुर्ण सहयोग रहने प्रमुख जिल्ला अधिकारी एव खेलकुद बिकास समितीका पदेन सदस्य योगेन्द्र प्रसाद पाण्डेले मुस्ताङको खेलकुद अन्य जिल्लासगै तुलनात्मक रुपमा प्रतिस्पर्धी बनाउनु पर्ने बताउनु भयो । नयाकमिटीले खेलकुदबाट राष्टमा मुस्ताङलाई चिनाउने खालका कार्यक्रम ल्याई सबैमा उर्जा थप्न उहाले आग्रह गर्नु भयो ।

पदेन सदस्यहरु जिल्ला शिक्षा अधिकारी, जनपथ प्रहरी उपरिक्षक, ससस्त्र प्रहरी उपरिक्षक लगायतको उक्त कार्यक्रममा उपस्थिती रहेको थियो ।  सवै क्षेत्र, जात जातीका साथै महिलालाइ समेत उचित स्थान दिइ आफ्नो कार्यसमिती बनेको बताउदै आगामीदिनमा खेलकुद बिकास समिती लाई चुस्त बनाई कार्यक्रम अगाडी ल्यएर खेलकुद बिकास समितिलाई नया उचाइमा पु¥याउने प्रतिबद्धता अध्यक्ष थकालीले ब्यक्त गर्नु भयो ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष थकालीलाई गत १६ गते पोखरामा क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष दिपक कोइराला रुपकले सपथ खुवाउनु भएको थियो । अन्य पदाधिकारीलाई मगलबार अध्यक्ष थकालीले सपथ खुवाउनु भएको हो ।

खेलकुद बिकास समितिको उपाध्यक्षमा बिशाल बिक, कोषाध्यक्षमा रामप्रसाद बिक, सदस्यहरुमा कुङा गुरुङ, पेमा युटीन गुरुङ, दुरेन गौचन, दुर्गी नेपाली, ज्योति थकाली, बिनोद तुलाचन रहेका छन ।

नब गठित कार्य समितिका पदाधिकारीहरुलाई प्रमुख जिल्ला अधिकारी पाण्डेले खादा लगाई स्वागत गर्नु भएको थियो ।  कार्य समितिको पदेन सदस्यमा स्थानिय बिकास अधिकारी एव दुर्गा दल गुल्मका गुल्मपति समेत रहने बताइएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]