साफ यु-१६ फुटबल प्रतियोगिताअन्तर्गत आज भारतले माल्दिभ्सको सामना गर्दै


YYY
साउन २० काठमाडौँ ।सोह्र वर्षमुनिको साफ यु-१६ फुटबल प्रतियोगिताअन्तर्गत आज भारतले माल्दिभ्सको सामना गर्दैछ । दशरथ रङ्गशालामा हुने आजको खेल निकै रोमााचक हुने अपेक्षा परिएको छ । हिजो भएको नेपाल र बङ्गलादेशबीचको खेल भने गोलरहित बराबरीमा टुङ्गिएको छ ।दशरथ रङ्गशालामा भएको सो खेलमा नेपालले बङ्गलादेशलाई पुरै समय दबाबमा राख्न सफल भए पनि थुप्रै पटक पाएका अवसरलाई सदुपयोग गर्न सकको थिएन ।खेलको मध्यान्तरपछि दुई देशका खेलाडीबीच खेलभन्दा पनि एकले अर्कोलाई लडाउने क्रम बढ्दै गएपछि केही समय तनाव उत्पन्न भएको थियो । निकै कडा प्रतिष्पर्धा भए पनि मध्यान्तरपछि खेलमा सुधार ल्याएको नेपालले थुपै्र सुनौला अवसरलाई खेर फालेको थियो । नेपालले श्रीलङ्कासँगको दोस्रो खेलमा जित वा बराबरी मात्रै गरेमो नेपाल सेमिफाइनलमा पुग्नेछ । बङ्गलादेशले नेपाललाई बराबरीमा रोक्दै सेमीफाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशले गत सोमबारको खेलमा श्रीलङ्कालाई २ का विरुद्ध ६ गोल गरेको थियो । नेपालका रुङ्री हाङ राईले खेलको अतिरिक्त समयमा पहेँलो कार्ड पाएका थिए भने बङ्गलादेशका एमडी इमोनले ३५ र एमडी मेजबाहुद्दीनले ८२औँ मिनेटमा पहेँलो कार्ड पाए । नेपाली खेलाडीलाई लडाएका कारण बङ्गलादेशका खेलाडी विजोय सरकारले खेलको ९०औँ मिनेटमा रातो कार्ड पाएका थिए । बङ्गलादेशका विजोय सरकार र एमडी सविरले अर्को खेलमा सहभागिता जनाउन नपाउने भएका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]