नोना कोइराला स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक साधारणसभा सम्पन्न


YYY
साउन २१ विराटनगर । नेपाली काँग्रेसकी वरिष्ठ महिला नेत्री स्वर्गीय नोना कोइरालाको स्मृतिमा स्थापित नोना कोइराला स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।नोना कोइराला स्मृति प्रतिष्ठानले पत्रकारिता स्वास्थ्य र सामाजिक सेवाको क्षेत्रमा प्रतिष्ठानले काम गर्दै आएको छ ।सभालाई सम्बोधन गर्दै प्रतिष्ठानका संरक्षक एवम् सभासद् डा शेखर कोइरालाले स्व। नोना कोइराला बहुआयामिक व्यक्तित्वका धनी भएको बताउनुभयो ।उहाँले आफ्नो अथक प्रयासबाट राजनीतिक सामाजिक र आध्यात्मिक संस्कार आर्जन गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै स्व। कोइरालाले पद र कुसर्ीका लागि कहिले पनि होडबाजी नगरेको बताउनुभयो ।प्रतिष्ठानका अध्यक्ष डा नारायण कुमारको सभापतित्वमा भएको साधारणसभामा नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष विक्रम निरौलालगायतका वक्ताहरुले पनि बोल्नुभएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]