पोर्तुगलमा नेपाली कन्सुलेट स्थापनाको लागि तथ्यांक संकलनमा सहयोग पुर्याउनुहुन सम्पूर्ण पोर्तुगलबासी नेपालीहरुमा एनआरएनको अनुरोध


YYY
रामहरि लामिछाने
 साउन १८ लिस्बन । गैर आवसिय नेपाली संघ पोर्तुगलको बैठक ३० जुलाई का दिन संघ को कार्यालयमा संघका अध्यक्ष रमेश कुमार गुरुङको अध्यक्षता तथा आइसिसी सद्स्य मकर हमाल र संघका सल्लाहकार कुमार श्रेष्ठको उपस्थितीमा सम्पन्न भयो ।

बैठकमा गत साता  रसियामा सम्पन्न एनआरएनको छैठौ यूरोपली भेलामा मकर हमालले पेश गर्नु भएको प्रतिबेदन तथा त्यसमा  भएका छलफलहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

भारतमा रहेको पोर्तुगली राजदुताबासमा नेपालीहरुले भोग्दै आएको समस्या समाधानका लागि नेपाल मै पोर्तुगलको बैधानिक कन्सुलेट राख्न तथा पोर्तुगलमा नेपालको बैधानिक कन्सुलेट राख्नक लागि नेपाल सरकारलाई पहल गर्ने जानकारी हमालले गराउनु भयो । उक्त समस्या समाधानका लागि एनआरएन केन्द्रिय आइसिसीले दोश्रो महत्वपूर्ण बुदामा राखी यसको समाधानका लागि अघी बढ्ने निर्णय भएको जानकारी गराउनु भएको थियो ।

यसका लागी पोर्तुगलमा रहेका सम्पूर्ण नेपालीहरुको तथ्यांक (डाटा)संकलन  महत्वपूर्ण रहेको र पोर्तुगलामा रहेका नेपालीहरुको सन्ख्याले कन्सुलेटको बारेमा महत्वपूर्ण भूमिका खेल्ने भएको  हुदा  तथ्यांक (डाटा) संकलनका लागि सहयोग गर्न संघले पोर्तुगलमा रहेका सबै नेपाली दाजुभाइ तथा दीदी बहिनिहरु तथा संघ संस्थाहरुलाई समेत हार्दिक अनुरोध गरेको छ  । पोर्तुगलमा रहेका सबै नेपाली दाजुभाइ तथा दीदी बहिनिहरुलाई  एनआरएनको कार्यालयमा सम्पर्क  गर्नुहुन आग्रह  गरेको छ  ।

आधिकारिक रुपमा तथ्यांक  संकलन गर्नुपर्ने भएकोले पोर्तुगलमा बसोबास गर्दै आइरहेका नेपालीहरुलाई  पोर्तुगलमा बसोबास गर्नको लागि परिचय पत्र (रेसीडेंसी कार्ड ) भएकाहरुले  रेसीडेंसी कार्डको फोटो कपि वा रेसीडेंसी कार्ड नहुनेले नेपाली राहदानी (पासपोर्ट)को फोटो कपि वा पोर्तुगल कै स्थाई  रेसीडेंसी कार्ड लिईसकेको भए नेपालको ठेगाना स्पस्ट हुने गरि पास पोर्टको फोटो कपि अगस्ट १५ तारिख भित्र  संघको कार्यालयमा वा सम्बन्धित व्यक्तिहरुलाई उपलब्ध गरिदिनु हुन् सम्पूर्ण पोर्तुगल बासी नेपालीहरुमा संघले अनुरोध गरेको छ।

यसको लागि   भिल्ला मोरामामा बस्ने नेपालीहरुले बिष्णु बराल र भजेन्द्र बस्नेत र अल्मा फेरामामा योगेश खनाल , चोला कान्त अर्याल ,नारायण सिंह थापा र प्रल्हाद थापालाई सम्पर्क राख्नु हुन समेत एन आर एन पोर्तुगलले अनुरोध गरेको छ ।

 यसका साथै सम्पूर्ण नेपाली महिलहरुको महान चाड तीज लाई भब्यताका साथ सम्पन्न गर्ने निर्णय समेत संघ ले गरेको छ ।

बैठकले सम्पूर्ण सदस्यहरुलाई अनिवार्य लेबी सहित अर्को बैठकमा उपस्थित हुन अनुरोध गरेको छ । त्यसैगरी एनआरएन पोर्तुगल ले सन्चालन गरिरहेका भाषा कक्षाको समिक्षा गर्दै चाडैनै सिपमुलक कक्षाहरु सन्चालन गर्ने निर्णय समेत गरेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]