एनआरएन बेलायतमा कुल आचार्यद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा


YYY

बिजय शर्मा दर्पण
 साउन १६ लन्डन    गैरआबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतको आसन्न सेप्टेम्बर ११ तारिखमा हुन गैराखेको निर्वाचनको लागि  कुल आचार्यले उम्मेदवारी घोषणा गर्नु भएको छ  रोजगारको सिलसिलामा बेलायतमा आउनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा अपिल गर्नु भएको छ 

गैरआबासिय नेपालीहरुको एकमात्र साझा सस्थाको रुपमा स्थापित गैरआबासिय नेपाली संघ अन्तर्गत राष्ट्रिय समन्वय परिषद बेलायत को आसन्न अधिबेसनमा मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको कुरा सम्पूर्ण बेलायत  बासी तथा पर्बत बासी नेपाली दाजु भाई दिदीबहिनीहरुमा जानकारी गराउन चाहेको पर्बत बेलायत समाजको भेलामा बताउनुभएको छ मेरो उम्मेदवारीको प्रमुख काम भनेको बेलायत रहेका बिभिन्न संघ-सस्थासँग एक आपसमा,आपसी सदभाब मेलमेलाप कायम गरी कुनै पनि नेपालीलाई परेको समस्या प्रती गम्भिर रुपमा प्रस्तुत भई समस्याको समाधानको लागि सक्दो पहल गर्नेछु 

एनआरएन ठुलाबडा र पैसा वलाको मात्र पहुच भएको सस्था हो भनेर सर्बसाधारणको मानसमा जुन किसिमको बिचारले घर जमाएको छ। यसको  पहुच सबै सर्बसाधारण सँग पुराएर उनिहरुलाई पनि एनआरएन तर्फ सकारात्मक बिचार र आर्थीक लगानी गराउने तर्फ सक्दो कोशीस गर्ने , नेपाली दुताबास बेलायत र श्रम मन्त्रालय, पररास्ट्र मन्त्रालय सँग एक आपसमा समन्वय गरी यहाँ रहेका हरेक नेपालीको समस्या प्रती समाधानको लागि सम्बन्धित निकायमा उद्दारको पहल गर्ने कुरा आचार्यले बताउनुभएको छ

उहाले  बेलायतमा  रहेका सम्पूर्ण सामाजिक सँघ सस्थाहरुलाई समेत सहयोगको लागि हार्दिक अपिल गर्नु भएको छ

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]