युएईमा १७ औं विश्व आदिवासी दिवस सम्पन्न


YYY
डि. आर. गुरुङ, दुबई - संघियता आदिवासी जनजातीहरुलाई मात्र चाहिएको हैन यो लोकतन्त्रकै उच्चतमरुप भएकोले सम्पूर्ण नेपालीहरुलाई चाहिएको छू भन्ने निश्कर्ष सहित नेपाली आदिवासी जनजाती महासंघ युएईले गत अगष्ट १२, २०११ को दिन सत्रौं विश्व आदिवासी दिवस मनायो। बरदुबईस्थित याक एण्ड यती रेष्टुरेण्टमा सम्पन्न सो कार्यक्रम निवर्तमान अध्यक्ष भूवन सिं राईको अध्यक्षतामा र नेपाली दूतावास युएईका कार्यवाहक राजदूत दिपक अधिकारीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो।



प्रवत्ता महेश मोक्तानद्वारा संचालित सो कार्यक्रममा उपस्थित संपूर्ण अथितिहरुलाई कार्यक्रमका संयोजक नुन प्रसाद सोमैमगरले स्वागत गरेका थिए भने महासचिव डि. आर. गुरुङले विश्व आदिवासी दिवसको शुरुवात यसको उपादेयता नेपालमा अन्तराष्टिय श्रम संगठनको महासन्धि १६९ को अनुमोदन आदि विषयमा प्रकास पारेका थिए।
यस वर्षको विश्व आदिवासी दिवस नेपाली आदिवासी जनजाती महासंघ यएईको अधिवेशन पनि भएकाले गिरमान थापा मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समितिको पनि सो कार्यक्रममा घोषणा गरिएको थियो जस अनुसार प्रथम उपाध्यक्ष डि. आर. गुरुङ द्वितीय उपाध्यक्ष महेश मोक्तान महासचिव सरोज पाहाङगो सचिव नुन प्रसाद सोमाई मगर कोषाध्यक्ष भोजराज घले प्रवक्ता उमेश राई सदस्यहरु नन्द ताम्लि लिम्बु रविन्द्र लामा रोमिसा पुन मगर विक्रम लामा पार्वती घले मनिष नाङलो लिम्बु मुम्चे राई लोक बहादुर राई रहनेछन् भने महासंघमा आव संस्थाका प्रमुखहरु पदेन सदस्य रहने व्यावश्था गरिएको छ। सल्लाहकारहरुमा यम प्रसाद तमु छत्र बहादुर लामा पि. एस. लिम्बु भुवन राई र तुलसी तामाङ रहने छन्।



विश्व आदिवासी दिवस संघियता तथा नेपालमा आदिवासी जनताजीहरुको अवश्था तथा संविधानमा उनीहरुको हक अधिकार सुनिश्चित गर्ने आदि बारेमा विभिन्न बक्ताहरुले चर्चा गरेका थिए। प्रमुख अथिति नेपाली राजदुतावास यूएईका कार्यवाहक राजदुत दिपक अधिकारीले नेपाल सबै जातजातीको साझा हो भन्दै आफ्नो शुभकामना मन्तव्यमा एउटै राष्ट्रमा रहेका एउटा जात जातीले अर्को जातीलाई गरेको थिचोमिचो सबैलाई असह्य हुनुपर्छ भन्ने विचार पोखेका थिए। एनआरएनए एनसीसीका कोषाध्यक्ष रामेश्वर शाहले जातजातीहरुबीचको समानताले नै देशकॊ सर्वाङिगण विकासको गतिलाई अगाडि बढाउन मद्दत पुग्ने उल्लेख गरे। उनले एनआरएनएका गतिविधिबारे समेत जानकारी गराएका थिए।



कार्यक्रममा संघका भुतपूर्व अध्यक्ष छत्र लामाले यएईमा नेपाली आदिवासी जनजाती महासंघले जनजातीहरु विचको एकता मजबुत त गराएकै छ यसका साथै नेपाली समाज यएईलाई वर्तमान संरचनामा ल्याई सबैको साझा बनाउने जस्तो ऐतिहासिक कार्यगरेको विचार व्यक्त गरेका थिए। त्यसै गरि अर्का भुफ अध्यक्ष यम प्रसाद गुरुङले महासंघले जसरी आपसी एकताको भावनालाई स्थापना कालदेखि नै मजबुत बनाउन सफल भएको छ आउने कार्यसमितिले पनि त्यसलाई कायम राख्न सकोस् भन्ने शुभकामना दिएका थिए। कार्यक्रमका अन्य वक्ताहरुले देशको संघियताको प्रारुप संविधानमा जनजातीका मागहरु संवोधन हुनपर्ने राज्यको पुनरसंरचना जस्ता विषयमा विचार पोखेका थिए। यसरी मन्तव्य प्रकट गर्नेहरुमा एनआरएनए युएईका अध्यक्ष चुडामणी ढकाल भुवन राई लोक सुवेदी चित्रबहादुर केसी पीएस लिम्बु थिए। सल्लाहाकारद्वय छत्र लामा र पीएस लिम्बुलाई जनजातीको उत्थानको निमिक्त उत्कृष्ट योगदान दिए वापत सम्मान गरिएको थियो।



संयुक्त राष्ट्रसंघले १९९३ अगस्त ९ देखि प्रत्येक बर्ष अगस्त ९ लाई अन्तरराष्ट्रिय आदिवासी जनजाती दिवसको रुपमा मनाउने घोषणा गरे पश्चात नेपाल लगायत ५ महादेशका ७० भन्दा बढि देशमा रहने ५ हजार भन्दा बढि आदिवासी समुदायका तीस करोड मानिसहरुले यो दिवस मनाउदै आएका छन्। नेपालमा हाल ५९ जातीलाई आदिवासी जनजातीको रुपमा मान्यता दिइएका छन् भने अन्य केही जातीहरुसमेत सो सूचिमा आवद्ध हुने क्रममा रहेका छन्। सोही कार्यक्रमा किरांत याक्थुम चुम्लुङ यूएईले पनि पि एस लिम्बुको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको घोषण गरेका थिए।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]