विवाद भएपछि अन्तरमिडिया कप फुटबल प्रतियोगिता स्थगित


YYY
अशोक महत
 साउन २०  धुलिखेल। काभ्रेको बनेपामा जारी अन्तरमिडिया कप फुटबल प्रतियोगिता विवादका कारण स्थगित भएको छ । बनेपाको चाइना टाउन खेल मैदानमा जारी रहेको मिडिया कपमा खेलमा सहभागी टिमहरूले मिडिया बाहिरका क्लबका खेलाडीहरू समावेश गरेको विषयमा आयोजक र सहभागीबीच विवाद बढेपछि प्रतियोगिता स्थगित भएको हो ।  

टिमहरूबीच विवाद बढेपछि अन्तर मिडिया कप फुटबल प्रतियोगिताका  खेल स्थगित गरिएको मिडिया कप संयोजक रघुनाथ सापकोटाले जानकारी दिनुभयो । प्रतियोगितामा आजबाट सेमीफाईनलका खेलहरू हुने तालिका रहेको थियो ।   

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]