मेरो राजेश दाईको गीत सार्वजनिक


YYY
नायक राजेश हमालको नाममा तयार भएको चलचित्र मेरो राजेश दाईको अडियो एल्वम वजारमा आएको छ । यो एल्वमको नायक राजेश हमालले विमोचन गरेका छन् । काठमाण्डौमा आयोजना गरीएको एक कार्यक्रममा नायक हमालले यो एल्वमको विमोचन गरेका हुन् ।

एल्वम विमोचन पछि वोल्दै नायक हमालले, यो चलचित्रको कथावस्तु आफ्नो वास्तवीक जिवनसग केही हदसम्म मिल्ने वताए । चलचित्र मेरो राजेश दाईलाई क्रृषि न्यौपानेले निर्देशन गरेका हुन् । सन्देश वराईलीको प्रस्तुतीमा यो चलचित्रलाई अर्जुन के.सीले निर्माण गरेका हुन् । चलचित्र मेरो राजेश दाईमा वसन्त सापकोटाको संगित रहेको छ ।




चलचित्रमा तिन गित समावेश गरीएको छ । जसमा वसन्त सापकोटा, क्रृषि न्यौपाने र उत्तम गौडेलले शब्द भरेका छन् । चलचित्रमा समावेश गितमा राजेश पायल राई, दिपक लिम्बु, स्वरुप राज आचार्य, रजिना रिमालको आवाज रहेको छ । चलचित्रमा राजेश हमाल, शित्तल के.सी, अरुणिमा लम्साल, हरीहर शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

एल्वम विमोचन कार्यक्रममा चलचित्रसग सम्वन्धीत कलाकार, प्रावीधीक, पत्रकारहरुको उपस्थिती रहेको थियो । यो चलचित्र यही भाद्र १६ गतेवाट उपत्यका वाहीरका हलहरुमा प्रर्दशनमा आउने तयारीमा रहेको छ । नेपाली चलचित्रमा यसभन्दा अघि नायक निखील उप्रेतीको नाममा निखील दाई नामक चलचित्र निर्माण भैसकेको छ । चलचित्र क्षेत्रमा २२ वर्षदेखि निरन्तर सक्रिय चर्चित नायक राजेश हमालको नामवाट पहिलोपटक यो मेरो राजेश दाई निर्माण भएको हो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]