शव बुझ्न अस्वीकार गर्ने परिपाटीको विकास,"दमको विरामीलाई टिवीको औषधी दिएर मारे"


YYY
६ भदौ, चितवन । चिकित्सक र अस्पतालको लापरबाहिले आफ्ना आफन्तको ज्यान गएको भन्दै देशका विभिन्न भागमा शव बुझ्न अस्वीकार गर्ने परिपाटीेको विकास भैरहेको छ । घाँटीको शल्यक्रिया गर्नुपर्नेमा पाठेघर झिकिएको घटना सेलाउन नपाउँदै चितवनमा फेरि अर्को घटना भएको छ । भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार गराएकी दमकी बिरामी एक महिलालाई टि वी औषधिको प्रयोग गरेकाले ज्यान गएको भन्दै मृतकका आफन्तले अस्पतालवाट शव लैजान अस्वीकार गरेका छन् ।

उपचारमा अस्पतालबाट चरम लापरवाही हुन पुगेको उनीहरुको गुनासो छ । भरतपुर नगरपालिका –४ कमलनगर निवासी ५७ बर्षिय पुर्णकली ढकालको उपचारको क्रममा गएराती अस्पतालमा मृत्यु भएको हो । दमको समस्यावाट पिडीत ढकाललाई अस्पतालमा भदौ १ गते भर्ना गरीएकोमा ४ गते डिस्चार्ज गरीएको थियो । तर, अस्पतालले टि बि की बिरामी १६ बर्षिया रिकंल घिमीरेको औषधिको पे्रस्क्रिप्सन आफुहरुलाई दिएको मृतकका छोरा गोविन्द ढकालले जानकारी दिए ।

सोही अनुसार औषधि सेवन गराउँदा बिरामी झन् जटिल अवस्थामा पुगेपछि भदौ ५ गते उपचारार्थ फेरी चितवन मेडिकल कलेज ल्याइएको थियो । आकस्मिक कक्षमा ल्याइएकी पुर्णकलीलाई दिउसो ओपिडीबाट आसियुमा लगिएको थियो । सो क्रममा उनको राती ९ बजे ज्यान गएको मृतकका आफन्तले जनाएका छन् ।

चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक हरिश्चन्द्र न्यौपानेले भने गलत औषधीको खरिद हुनुमा अस्पतालको दोष नरहेको बताए । बिरामीका आफन्तले नै औषधि किनेका हुन् उनले भने – फार्मेशीमा ध्यान पुर्याउनु पथ्र्यो । दोषीलाई कार्वाही र क्षतीपुर्तीको माग सहित शव उठाउन अस्विकार गरेका मृतकका आफन्त र अस्पताल प्रशासनबीच अहिले चितवन मेडिकल कलेजमा बार्ता भईरहेको छ । @ Solidarity

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]