अमेरिकाको एटलाण्टामा प्रेरणाको एकल काव्य साँझ


YYY
राजा घले - १४ अगस्त एटलाण्टा, - नेपाली साहित्यका प्रख्यात साहित्यकार कवि गोविन्द गिरी प्रेरणाको एकल काव्य वाचन काठमाडौं रेष्टुरेण्ट तथा ग्रीलमा सम्पन्न भयो ।दक्षिणपूर्वि अमेरिकाको नेपाली संस्था नासा ( Nepalese Association in Southeast America ) तथा जर्जियाको संस्था न्याग ( Nepalese Association of Georgia ) को संयुक्त आयोजनामा भएको सो समारोहमा कवि प्रेरणाले करिव एक घण्टा आफ्ना कविताहरु वाचन गरेका थिए । काव्य वाचनको सिलसिलामा उनले आफ्नो लेखन यात्रा र जीवनको क्रममा देश तथा विदेशमा गरेका अनुभव र अनुभूतिका रचनाहरु वाचन गरेका थिए । दर्शक तथा श्रोता बर्गहरुले केही कविता उनलाई दोहोर्याएर वाचन गर्न समेत अनुरोध गरेका थिए ।


बांशुरिको धुनबाट थालनी भएको सो कार्यक्रममा न्याग का अध्यक्ष श्री प्रणय लामा ज्यूले स्वागत भाषण र आफ्ना विचार राख्नु भएको थियो भने न्यागका कार्यकारिणी सदस्य श्री दीपेन्द्र थापाज्यूले विधिवत रुपमा कार्यक्रमलाई अगाडि बढाउनु भएको थियो | कार्यक्रमका संचालक नासाका कार्यकारिणी उपाधक्ष्य श्री सन्जीब सापकोटाज्यूले गर्नु भएको थियो | नासाका अध्यक्ष श्री राजा घलेज्यूले कार्यक्रमको आयोजनाको विषयमा प्रकाश पार्दै कविको परिचय प्रस्तुत गर्नु भएको थियो । उहाँले एटलाण्टाको इतिहासमा यस्तो प्रकारको काव्य साँझ पहिलो पल्ट आयोजना गर्न पाउनु एटलाण्टाका सम्पूर्ण नेपाली र नेपाली भाषीहरु , नासा र न्यागको गर्वको विषय हो भन्नुभयो ।



सो कार्यक्रममा प्रमुख अतिथि डा. रामचन्द्र वरालले कवि प्रेरणालाई नासा र नागका तर्फवाट सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमको शुरुमा केही साँगितिक प्रस्तुति रहेको थियो भने चेतनाथ घिमिरे, रामचन्द्र वराल संजिव सापकोटा तथा राजा घलेले समेत आआफ्ना रचना वाचन गर्नु भएको थियो । साथै वुद्धिराज राईले लोक र आधुनिक पृष्ठभूमिका गीतहरु प्रस्तुत गर्नु भएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]