आज श्रीकृष्ण जन्माष्टमी


YYY
४ भदौ, काठमाडौं । हिन्दू धर्मावलम्वीहरुको पावन पर्व श्रीकृष्ण जन्माष्टमी आज श्रद्धाभक्तिपूर्वक श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । पाटनको कृष्ण मन्दिरलगायत देशभरका कृष्ण मन्दिरहरुमा आज विहानैदेखि पूजा गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । राष्ट्रपति डा. रामवरण यादव प्रसाद ग्रहण गर्न आज विहान नौं बजे पाटनको कृष्ण मन्दिर जाँदै हुनुहुन्छ । राष्ट्रपतिको आगमनलाई मध्यनजर गरी त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाहरुले काठमाडौंमा श्रीकृष्ण झाँकीसहित शोभायात्रा निकालेका छन् ।

महिला र पुरुषहरु आज व्रत बसेर कृष्णको पूजाआजा र भजन किर्तन गरी रातभर जाग्राम बस्ने गर्दछन् । ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्येरातमा भएको विश्वास अनुसार आजको दिनलाई ‘मोहरात्री’ पनि भन्ने गरिन्छ । धार्मिक ग्रन्थहरुमा दानव र आसूरी प्रवृतिको नास गरी मानव जातिको रक्षा गर्न विष्णुको आठौं अवतारको रुपमा मथुराको बन्दीगृहमा कृष्णको जन्म भएको उल्लेख छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]