कुवेतबाट फर्केको लगत्तै गर्भमा रहेको ८ महिनाको बच्चा सहित भुन्टी माया मगरको मृत्‍यु


YYY
_ऋचा शर्मा तिवारी, (पौरखी नेपाल)

वैदेशिक रोजगारीको सिलसिलामा सन् २००९ अप्रिल १ तारिखमा कुवेतको भिसामा श्रम विभागबाट श्रम स्वीकृति लिई कुवेत गएकी भुन्टी माया मगर, मोरगं राजघाट ९ की हुन् । उनी सन् २००९ मार्च १० तारिखका दिन कुवेत पुगेको उनको राहदानीमा जानकारी दिइएको छ । घरेलु कामदारको रुपमा उनको राहदानीमा कुवेतबाट साउदी अरबमा सन् २०११ अप्रिल ५ देखि ३१ मे २०११ सम्मको भिसा लगाईएको पाइयो । त्यसअघि उनी साउदी गएर समेत आइसकेकी र पछिल्लो समयमा उनी कुवेत गएर आएकी थिइन् ।

समय-समयमा श्रम विभागबाट स्वीकृती लिई सन् २०११-०३-०४ मा २५९१८९ श्रम स्वीकृति नम्बर लिई गएको देखिन्छ भने यसरी विभिन्न समयमा वैदेशिक रोजगारीको क्रममा ठाँउ-ठाँउको भिसा लगाउँदै भुन्टी मायालाई अन्यत्र देशहरुमा समेत लगिएको पाइयो ।

यसरी सन् २०११ अगष्त ११ मा नेपाल फर्कीएकी मगर वालिङ्ग गेस्ट हाउसमा ओमानबाट फर्कीएका केहि दाजुहरुको सहयोगमा विमानस्थलमा नै कम्मल ओडाएर ल्याएको वालिङ्ग गेस्ट हाउसका कर्मचारी भगवान कुवँरले जानकारी दिएका छन् र भने उनी आउँदा उताबाट नै विमारी भएर आएकी थिइन । यहाँ आएपछि भोलीपल्ट विहान उनलाई भुन्टी माया विमारी भएको जानकारी होटलले दिएपछि होटलकै कर्मचारीको सहयोगमा उनलाई २९ गते त्रि.वि शिक्षण अस्पतालमा भर्ना गरि उपचार गर्नमा होटल व्यावसायीहरु मित्रनगरको शर्मा हाटेलका उमेश सुवेदी र वालिङ्ग फुलबारी गेस्ट हाउसका यम वहादुर कुँवरले उनको परिवारलाई सक्दो सहयोग गरेका थिए ।

तत्पश्चात् उपचारको क्रममा उनको गर्भमा रहेको ८ महिनाको बच्चा सहित २०६८ भाद ३ गते राती १.४० मा उनको मृत्यु भएको हो । उनको मृत्युको कारण भने ARDS with multiorgan failure भनी अस्पतालले दिएको मृत्यु दर्ताको प्रमाणपत्रमा उल्लेख गरिएको छ । उनको उपचारमा संलग्न डाक्टरहरु डा. अनामिका झा र डा. निता कटुवालको निगरानीमा उपचार भईरहेको समेत लिखित विवरणमा जानकारी दिइएको छ ।




उनको मृत्यु पश्चात् उनका बाबु धन बहादुर भुजेललाई होटल व्यावसायीहरुले उनको काजक्रियामा समेत संलग्न भई सहयोग गरेका थिए । स्व. भुन्टी मगरका ४ जना बालबच्चाहरु रहेका छन् भने उनको श्रीमान्को केहि समय अघि नै मृत्यु भइसकेको जानकारी दिइएको छ । अब उनको परिवारको बालबच्चाहरुको अवस्था के होला त, यीनीहरुको लागी परिवारमा कसले रेखदेख गर्छ भन्ने गम्भीर प्रश्न रहेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]