काभ्रेको इतिहासमै पहिलो पटक बनेपामा भोलि बाट अन्तर मिडिया कप फुटबल प्रतियोगिता


YYY
अशोक महत
 साउन १६  धुलिखेल। काभ्रेको इतिहासमै पहिलो पटक बनेपामा अन्तर मिडिया कप फुटबल प्रतियोगिता भोलि बाट सुरु हुदैछ।

भिजन मिडिया नेटवर्कको आयोजनामा हुन लागेको भिजन मिडिया कप फुटबल प्रतियोगिता २०६८ मा काभ्रेका चार ओटा सामुदायिक रेडियो र चार ओटा छापाका साप्ताहिक पत्रिकाको सहभागिता रहने छ। प्रतियोगितमा रेडियो तर्फ ग्रेस एफएम ,प्राइम एफएम ,रेडियो एबिसी ,मध्यपूर्व एफएम र छापा तर्फ सुनकोशी साप्ताहिकखबर चौतारी साप्ताहिकनवक्षितिज साप्ताहिक चेष्टा साप्ताहिक रहेका छन्। बनेपाको चाइना टाउन खेल मैदानमा हुने खेलको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिका संयोजक रघुनाथ सापकोटाले जानकारी दिनुभयो। 

काभ्रेमा रहेका संचारकर्मीहरु संगको सम्बन्ध विस्तार गर्न र खेलको मध्यमबाट खेल प्रेमी तथा खेल संग सम्बन्धित निकायलाई खेलकुदको बिकासका लागि घचघच्याउने उदेश्य लिएर खेलको आयोजन गरिएको संयोजक सापकोटाले बताउनु भयो।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]